वन अतिक्रमणकारीलाई कारबाही गर्न मुख्यमन्त्री राउतको निर्देशन

सुभाष कर्ण | पुस १४, २०७७

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वन अतिक्रमणकारीहरूलाई तत्काल कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । मंगलबार महोत्तरीको बर्दिबासमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले विभिन्न बहानामा भइरहेको वन अतिक्रमण तत्काल रोकेर संलग्नलाई कारबाही गर्न निर्देशन दिए । उनले सुकुम्बासीको नाममा राजनीति संरक्षण प्राप्त हुकुमबासीहरू वन अतिक्रमण तथा फडानीमा अग्रपक्तिमा रहेको उल्लेख गर्दै वनको रक्षा गर्न जिम्मेवारी पाएका राष्ट्रसेवक कर्मचारी एवं सरकारका जिम्मेवार व्यक्तिहरूलाई किन्तु-परन्तु गर्ने ठाँउ नरहेको बताए ।

मुख्यमन्त्री राउतले राजनीति संरक्षण प्राप्त भू-माफियाहरूले गर्दै आएको वन अतिक्रमण कार्यलाई रोक्न प्रदेश सरकारले आफ्नो छुट्टै कानून ल्याउन लागेको भन्दै अब कोही पनि वन अतिक्रमणकारी कानूनी दायराबाट भाग्ननसक्ने बताए । बर्दीवास क्षेत्रमा पछिल्लो समयमा भएको वन फडानीको चर्चा गर्दै उनले अविलम्ब घटनाको छानबिनगरी कानून बमोजिम कारबाही प्रक्रियाअघि बढाउन वन सचिवलाई निर्देशनसमेत दिए ।

सो कार्यक्रममा सिरहा र रौतहट जिल्लामा अतिक्रमित वन क्षेत्रलाई पुनः वन मातहतमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका राष्ट्रसेवक कर्मचारीहरूलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रम भइरहेकै बेला कार्यक्रम स्थल बाहिर चुरे वन संरक्षण अभियन्ताहरुले चुरे वन संरक्षण गर्न प्रदेश सरकार असफल रहेको भन्दै नाराबाजी समेत गरेका छन । 

केन्द्र सरकारविरुध्दकाे आन्दोलनमा प्रदेश सरकारको उपस्थिति

सुभाष कर्ण | पुस १२, २०७७

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुध्द जनता समाजवादी पार्टीको...

प्रदेश र जिल्लाको पार्टी कार्यालयमा दाहाल–नेपाल समूहको कब्जा

सुभाष कर्ण | पुस १२, २०७७

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश २ र धनुषा जिल्ला पार्टी कार्यालयमा पुष्पकमल दाह...

प्रदेश २ का सचेतकसहित ३ जनाले अस्वीकार गरे ओली समूहको केन्द्रीय सदस्य

सुभाष कर्ण | पुस ९, २०७७

जनकपुरधाम : नेकपा ओली समूहले केन्द्रीय सदस्य बनाएका प्रदेश २ का प्रदेशसभा सचेतकसहित तीन जनाले उक्त पद अ...