लकडाउन अवधिका शुल्क नलिन विद्यालय सञ्‍चालकलाई सांसद यादवको आग्रह

इकागज | कात्तिक २३, २०७७

पर्सा : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले लकडाउन अवधिभरको शुल्क नलिन नीजि विद्यालय सञ्चालकलाई आग्रह गरेका छन् । कोभिड-१९ को माहामारीका कारण लामो समय देखी बन्द रहेका विद्यालय र पढ्न नपाएका बालबालिका दुवै प्रभावित भएको भन्दै उनले विद्यार्थीका अभिभावकहरुलाई तनाब सिर्जना हुने गरी शुल्क नलिन आग्रह गरेका हुन् । 

सांसद यादवको उपस्थितिमा आइतबार बसेको बैठकमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र एन प्याब्सन पर्साले सरकारको निर्णय कार्यान्वयनका लागि ३ बुँदे प्रस्तावसमेत राखेका छन् । 

प्याब्सन पर्साका अध्यक्ष हरिशंकरप्रसाद साह तथा एन-प्याब्सनका अध्यक्ष रामसुन्दर चौधरीको संयुक्त अध्यक्षतामा बसेको बैठकमा विद्यालयका सञ्चालकहरूले, लकडाउन अवधिभर विद्यालयलाई पुगेको क्षति, शुल्क मिनाह तथा विविध समस्याको सम्बन्धमा सरकारको निर्णय कार्यान्वयन गर्न ३ बुँदे प्रस्ताव रादिएको हो । 

सांसद यादवले तीन बुँदे प्रस्ताव सरोकारवाला निकायसम्म पुर्‍याएर निर्णय गराउन पहल गर्ने बताएका छन् । 


 

सडक निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको भन्दै ठोरीका स्थानीयद्वारा विरोध

माधुरी महतो | कात्तिक २३, २०७७

पर्सा : जिल्ला समन्वय समिति पर्साले ठोरी गाउँपालिका ३ मा पर्ने निर्माणधिन हुलाकी सडकको अनुगमन गरेक...

मुखियापट्टीका शिक्षक र स्वास्थ्यकर्मीले बैैशाखदेखिको तलब पाएनन्

सुभाष कर्ण | कात्तिक २०, २०७७

जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा कार्यरत शिक्षक तथा स्वास्थ्यकर्मीहरु बक्यौता ...