मलामी गएका एकै गाउँका ३१ जनामा कोभिड सङ्क्रमण

इकागज | बैशाख २०, २०७८

जलेश्‍वर : गत बुधबार कोभिड-१९ बाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोभिड सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका-९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोभिडको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् ।

गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोभिडबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोभिडको सङ्क्रमण देखिएको छ । मलामीमा गएका ६०/७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोभिड पोजेटिभ देखिएको हो । 

कोभिड सङ्क्रमणबाट दुईको मृत्यु
जिल्लाको जलेश्वर नगरपालिकामा गएराति कोभिड सङ्क्रमणबाट दुईको मृत्यु भएको छ । भारतबाट आवागमन खुल्ला रहेको अवस्थामा भारतमा आफ्ना नातेदार कहाँ बिहेमा सहभागी जलेश्वर नगरपालिका-२ बस्ने ५५ वर्षीय एक महिलाको गएराति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै जलेश्वर नगरपालिका-२ बस्ने अर्की एक महिलाको पनि धरानमा उपचारका क्रममा मृत्यु भएको छ । यसअघि महोत्तरीको विभिन्‍न ठाउँमा कोभिड सङ्क्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ ।

निषेधाज्ञा जारी
जिल्लामा कोभिड सङ्क्रमणको दर अत्यधिक वृद्धिसँगै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन समितिले जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाभरि नै लागू हुने गरी यही वैशाख २२ गते बिहान ६ देखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईको अध्यक्षतामा बसेको बैठकले पहिलो चरणमा जिल्लामा १० दिनका लागि निषेधाज्ञा जारी गरी कोभिडको ‘चेन ब्रेक’ गरी सङ्क्रमण न्यूनीकरण तथा रोकथामको प्रयास थालनी गरिएको छ । बैठकले जिल्लाको १५ वटै पालिकालाई अक्सिजनसहितको आइसोलेशन सञ्चालन गर्न, आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न, सबै अस्पताल सञ्चालन गर्न, कार्यालय तथा व्यापार व्यवसायहरु सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूरा गर्न, सङ्कटको बेला उपभोक्तालाई ठगी नगर्न जस्ता निर्देशनहरुसमेत जारी गरेको छ । रासस

महोत्तरी अस्पतालमा करोडौँको उपकरण प्रयोगविहीन, संक्रमितहरू उपचारका लागि भौतारिँदै

इकागज | बैशाख २०, २०७८

जनकपुरधाम : महोत्तरी जिल्ला अस्पतालमा करोडौ रुपैयाँ खर्च गरी कोभिड-१९ नियन्त्रण निम्ति जडित उपकरण जनशक्ति...

संक्रमण नियन्त्रण गर्न बुधबारदेखि महोत्तरीमा पनि निषेधाज्ञा

सुभाष कर्ण | बैशाख २०, २०७८

जनकपुरधाम : कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि प्रदेश-२ को महोत्तरी जिल्लामा पनि बुधवारद...

उपचारमा खटिने जनशक्ति सङ्क्रमित भए सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

इकागज | बैशाख २०, २०७८

जनकपुर : कोभिड-१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति सङ्क्रमित भएमा सम्पूर्ण उपचार खर्च...

होम आइसोलेशनमा बस्‍नेहरू भन्छन् : स्वास्थ्य अवस्थाबारे सोधीखोजी नै भएन

सुभाष कर्ण | बैशाख १९, २०७८

धनुषा : जनकपुरधाम उपमहानगरपालिका-२० का अनिल झालाई कोभिड-१९ संक्रमण भएपछि चार दिनदेखि होम आइसोलेशनम...

सात वर्षअघि जग्गा अधिग्रहण, अहिले मुआब्जा महँगो भन्दै स्टेशन सार्ने तयारी

सुभाष कर्ण | बैशाख १८, २०७८

जनकपुरधाम : जयनगर-जनकपुरधाम-बर्दिबास रेल सेवा अन्तर्गत बिजलपुरादेखि बर्दिबाससम्म रेलवे ट्रयाक र स्टेशनका...

प्रदेश लोक सेवालाई मुख्यमन्त्रीको निर्देशन : तुरुन्त कर्मचारी भर्ना गर्नू !

इकागज | बैशाख १७, २०७८

जनकपुरधाम : प्रदेश-२का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोक सेवा आयोगलाई कर्मचारी भर्ना प्रक्रिया स...