दुर्घटना गराई फरार वडाअध्यक्ष यादव फक्राउ

इकागज | बैशाख ३१, २०७८

सर्लाही : सर्लाहीको बरहथवा नगरपालिका-१३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन् । वैशाख २५ गते वडाध्यक्ष यादवले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएर ज्यान गएको थियो । त्यसलगत्तै फरार वडाध्यक्ष यादव बिहीबार पक्राउ परेका इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । 

बरथवा नगरपालिका-३ अन्तर्गतको भित्री सडकखण्डमा वडाध्यक्ष यादवले चलाएको बिआर ३० एस ९२४५ नंको भारतीय मोटरसाइकलले स्थानीय अन्दाजी चार वर्षीय आदित्य महतोलाई ठक्कर दिएको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भाटले बताए । 

पक्राउ परेका वडाध्यक्ष यादवलाई जिल्ला अदालत सर्लाहीबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । रासस
 

जनकपुर उपमहानगरले सञ्‍चालन गर्‍यो अक्‍सिजनसहितको आइसोलेसन सेन्‍टर

सुभाष कर्ण | बैशाख २८, २०७८

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाले ४० बेडको अक्सिजन र स्वास्थ्यकर्मी सुविधासहितको आइसोलेसन कक्ष निर्...

होम आइसोलेसनमा बसेका संक्रमितलाई नि:शुल्क अक्सिजन र चिकित्सकीय सेवा

सुभाष कर्ण | बैशाख २८, २०७८

जनकपुरधाम : क्लोथ बैंक नेपालले धनुषा जिल्लाभरि होम आइसोलेसनमा रहेका संक्रमितकलाई घरमै पुगी अक्‍सि...

वीरगन्ज महानगरमा अक्सिजनसहितको आइसोलेसन सेन्‍टर, खानादेखि उपचारसम्म नि:शुल्क

सुभाष कर्ण | बैशाख २८, २०७८

जनकपुरधाम : वीरगंज महानगरपालिकाले आफ्नै खर्चमा सय बेड अक्सिनसहितको आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको छ । ...