जनकपुरमा अक्सिजन उद्योग संचालन

इकागज | असार २, २०७८

जनकपुरधाम : बढदै गएको कोभिड-१९ संक्रमणको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन प्लान्ट जनकपुरधाममा आजदेखि संचालनमा आएको छ । निजीस्तरमा जनकपुरधाम-२३ लादो बेलामा खोलिएको अक्सिजन प्लान्टको मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गर्दै शुभारम्भ गरे । 

प्लान्ट उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले कोभिड माहामारीसँग जुध्‍न महत्वपूर्ण रहेको अक्सिजन उत्पादन सुरु गरेकोमा उद्योगका सञ्‍चालकलाई धन्यवाद दिँदै जनकपुर क्षेत्रमा अब अक्सिजनको अभाव नहुने बताए । अक्सिजन अभावमा जनकपुरसहित धनुषा जिल्लामा कयौं बिरामीको मृत्यु भइसकेपछि सुनिल साहले आफ्नो एसआरजे ग्रुपबाट निजीस्तरमा अक्सिजन प्लान्ट स्थापना गरेका हुन् ।

करिब ७ करोडको लागतमा निर्मित अक्सिजन प्लान्टबाट दैनिक साढे ४ सय सिलिण्डर अक्सिजन उत्पादन हुने बताइएको छ । धनुषामा एसआरजे ग्यास उद्योगसहित दुईवटा अक्सिजन उद्योग छन् । यसअघि ढल्केवर ग्यास उद्योग संचालनमा छ ।

तीन सातादेखि उठेन जनकपुरधामको फोहोर, नगरमा दुर्गन्‍ध फैलिँदै

सुभाष कर्ण | जेठ ३१, २०७८

जनकपुरधाम : डम्पिङ्ग साइटको अभावमा जनकपुरधाम उपमहानगरपालिकाको फोहोर तीन सातादेखि उठ्न सकेको छैन । फो...

सत्तारुढ जसपा र कांग्रेसद्वारा नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी

सुभाष कर्ण | जेठ ३०, २०७८

जनकपुरधाम : प्रदेश-२  सरकारका सत्तारुढ दल जनता समाजवादी पार्टीले प्रदेश सभामा प्रस्तुत ग...

मन्त्रिपरिषद् समावेशी बनाउन मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको सुझाव

सुभाष कर्ण | जेठ ३०, २०७८

जनकपुरधाम : प्रदेश-२ का प्रदेश प्रमुख डा.राजेश झा अहिराजले प्रदेश सरकारलाई समावेशी बनाउन मुख्यमन्त्...