मटिहानी नगरपालिकाविरुद्ध पाँच राजनीतिक दल आन्दोलनमा उत्रने

इकागज | असार ११, २०७८

जलेश्वर : महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाविरुद्ध पाँच राजनीतिक दलका प्रतिनिधिले आन्दोलनमा उत्रेका छन् । नेकपा माओवादी केन्द्रका उमाशङ्करप्रसाद साह, नेपाली कांग्रेसका जवाहर साह कसेरा, नेकपा एमालेका सञ्जयकुमार सहनी, जनता समाजवादी पार्टीका रामनन्दन यादव र जनमत पार्टीका नरेश नायक आन्दोलनमा उत्रेका हुन् ।

नगरपालिकामा भइरहेको अख्तियार दुरुपयोग, मनपरि, अनियमितता र भ्रष्टाचारको विरुद्धमा उनीहरुले आजदेखि नगरपालिका कार्यालय अगाडि रिले अनशन सुरु गरको जनाएका छन् । नगरप्रमुख हरिप्रसाद मण्डलले विभिन्न योजनामा करोडौंको हिनामिना गरिरहेको आन्दोलनकारी राजनीतिक दलका प्रतिनिधिले आरोप लगाएका छन् ।

नगरपालिकामा भइरहेको अख्तियार दुरुपयोग, मनपरि, अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापको छानवीन गरी दोषीलाई तत्काल कारवाही हुनुपर्ने माग उनीहरुको छ । नगरप्रमुख मण्डलले आवश्यक प्रक्रिया पूरा नगरी १८ जना स्वास्थ्यकर्मीलाई करार सेवामा नियुक्त गरिएको, आफूसँग ५/७ जना केटाहरुलाई लठैतको रुपमा घुमाएर नगरपालिकाबाट तलब खुवाउने गरेको, तथा विभिन्न योजनामा मनोमानी ढङ्गले करोडौं रुपैयाँ भ्रष्टाचार गरेको उनीहरुले आरोप लगाएका छन् । 

ट्रमा सेन्टर सार्न लागेको भन्दै मेयरविरूद्ध प्रदर्शन

सुभाष कर्ण | असार १०, २०७८

जनकपुरधाम : ट्रमा सेन्टर अन्यत्र सार्न पाइँदैन भन्दै धनुषाको ढल्केबरमा स्थानीयवासीले विरोध प्रदर्शन गरेका छ...