दोहोरो नागरिकताका आरोपमा पक्राउ

इकागज | भदौ ९, २०७८

सप्तरी- दुई देशका परिचयपत्र फेला परेपछि एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका-२ का प्रमोदकुमार मण्डल छन् । 

नेपाली नागरिकता, मतदाता परिचयपत्रका साथै भारतीय आधार कार्ड फेला परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ  गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अभियुक्तलाई अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिए ।

जिप्रकाबाट २०६२ साल भदौ १७ गते उनले लिएको नागरिकता प्रमाणपत्र नं ६६७३ छ । जन्ममिति २०४६ साल जेठ २३ गते रहेको उनको मतदाता परिचयपत्र ०६७४५८७४ छ ।

उनीसँग फेला परेको भारतको आधार कार्डमा भारतीय ठेगाना पिप्रा खुर्द विष्णुपुर-६ सुपौल सरायगढ भपटियाही विहार ८५२१०५ उल्लेख छ । दुवै परिचयपत्रमा उमेर करिब एक वर्ष फरक देखिन्छ । रासस

लत्ताकपडा बरामद

इकागज | भदौ ९, २०७८

पर्सा- जिल्लाको वीरगञ्‍ज महानगरपालिका-१६ ईनरुवास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करिब ५ लाख १ हजा...

मनोमानी गाउँसभा गरेको भन्दै उपाध्यक्षले दिइन् अध्यक्षविरुद्ध मुद्दा

इकागज | भदौ ८, २०७८

जनकपुरधाम - सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीता कुमारी यादवले गाउँपालिका अध्यक्षविरुद्ध अदाल...

प्रदेश २ आन्तरिक मामिला तथा कानुन मन्त्रालय: बैठक भत्तामै सकियो ६९ लाख

सुभाष कर्ण | भदौ ७, २०७८

जनकपुरधाम - प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विभिन्न शीर्षकमा बैठक भत्ताको नाममा ६९...

दिवा खाजाकाे नाममा प्रदेश २ का स्थानीय तहमा २० कराेडभन्दा बढी अनियमितता !

इकागज | भदौ ५, २०७८

जनकपुरधाम - विद्यार्थीलाई दिइने दिवा खाजामा प्रदेश २ का स्थानीय तहहरूले २० करोड रुपैयाँभन्दा बढी ...