नक्कली नोटसहित दुई भारतीय पक्राउ

इकागज | असोज २, २०७८

जलेश्वर- औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरीे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

गएराति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरुको साथबाट रु.१००० हजारका २२ थान, रु.५०० का तीन थान, रु.१०० का २७ थान, रु.५० का छ थान,  रु.२० का आठ थान, रु.१० का ११ थान, रु.५ का छ थान र भारु १०० का तीन थान नोट बरामद गरेको थियो  । पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । रासस

धनुषामा कोभिडविरुद्धको खोप बिक्री गर्ने मेडिकल सञ्चालक र स्वास्थ्यकर्मी पक्राउ

सुभाष कर्ण | भदौ ३१, २०७८

जनकपुरधाम – कोभिड विरुद्धको खोप बेचेको आरोपमा धनुषा सहिदनगर नगरपालिका ६ यदुकोहामा स्वास्थ्यकर्मी...

बजेट आभावमा खानेपानी क्षेत्रमा काम गर्न समस्या : मन्त्री शर्मा

सुभाष कर्ण | भदौ ३१, २०७८

जनकपुरधाम - प्रदेश २ का खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माले बजेट आभावका कारण खानेपानी क्षेत्...

काठ तस्करहरू प्रहरीमाथि जाइलागेपछि हवाइ फायर, गोलिया र मोटरसाइकल बरामद

इकागज | भदौ २८, २०७८

वीरगञ्ज – काठ तस्करहरू जाइलागेपछि प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ । पर्साको पटेर्वा सुगौली ...