चितवनमा आजदेखि सुकुम्बासीको जग्गा नापिने

इकागज | माघ २०, २०७८

चितवन- जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो । 

आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण दिएको थियो । आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाका अनुसार भरतपुरका छ वडा, कालिका र माडीका ३÷३ वडाबाट काम सुरु गर्न लागिएको हो । सुरुवाती गरेका वडा सकिएसँगै अन्य वडाको काम थालिने छ । 

भरतपुरमा ३५ दिन, कालिका नगरपालिकामा २० दिन र माडी नगरपालिकामा १५ दिनमा काम सम्पन्न गरि सम्बन्धित पालिकामा लगत बुझाउने गरि योजना बनाइएको छ । पालिकाले जिल्लास्थित राष्ट्रिय भूमि आयोगमा सो लगत पठाउने छ । तिमिल्सीनाका अनुसार नापजाँचका लागि २७ अमिन र नौ सर्वेक्षकलाई प्रशिक्षण दिइएको छ ।

चितवनमा मंसिरयता थपिए २७ हजार बढी मतदाता, निर्वाचन घोषणापछि अद्यावधिक गरिने

इकागज | माघ २०, २०७८

चितवन- चितवनमा मंसिरयता २७ हजार बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय...

तीव्र गतिमा काम गर्न मन्त्रालय विभाजन गरेका हाैँ- मुख्यमन्त्री पाण्डे

इकागज | माघ १८, २०७८

मकवानपुर - बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभा सञ्चालनको सन्दर्भमा सभामुख सानुकुम...

ललितपुर महानगरले सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने

इकागज | माघ १८, २०७८

ललितपुर- ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना ग...