चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग गरी एकको हत्या, दुई पक्राउ

इकागज | माघ ४, २०७८

काठमाडौँ- चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग एक जनाको हत्या गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधाराका २५ वर्षीय रोशन रिजालको हत्यामा संलग्न रहेको भन्दै मकवानपुर थाहा नगरपालिका–१० का २१ वर्षीय अभिषेक बस्नेत र १९ वर्षीय अनुज बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले फलामको दाउ र कैँचीको प्रयोग गरेर रिजालको हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । हत्या गरेलगत्तै फरार रहेका अनुजलाई चन्द्रागिरिबाट र अभिषेकलाई धादिङ प्रहरीको सहयोगमा धादिङको नीलकण्ठ नगरपालिकाबाट पक्राउ गरिएको हो ।

घटनापछि गम्भीर घाइते भएका रिजालको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा चन्द्रागिरि नगरपालिका–१ दहचोक बस्ने २२ वर्षीय नीरज मगर घाइते भएका छन् । उनको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको प्रवक्ता मैनालीले बताए ।

घटनालगत्तै महानगरीय प्रहरी प्रभाग बलम्बु, महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी परिसर काठमाडौँको टोली अनुसन्धानमा खटिएको थियो । पक्राउ दुवै जनालाई सोमबार काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ । रासस

स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल थाल्न सरकार र निर्वाचन आयोगलाई माग

इकागज | माघ ३, २०७८

काठमाडौँ- स्थानीय तहका सरोकार राख्ने संघ तथा महासंघले तत्काल दोस्रो तहको स्थानीय तहको निर्वाचन प्रक्...

भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचनाहरू निर्माण आवश्यक : प्रदेश प्रमुख शर्मा

इकागज | माघ २, २०७८

मकवानपुर- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना&nbs...

कोभिड संक्रमणको उच्च प्रकोप, सामान्य प्रकृतिका बिरामी नआउनू- भरतपुर अस्पताल

इकागज | माघ १, २०७८

चितवन- चितवनको केन्द्रीय स्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले कोभिड-१९ संक्रमणको उच्च प्रकोप देखिएको बत...

मकवानपुरका सीडीओ पाण्डे : कोभिड जनचेतना फैलाउँदै, बसका यात्रुलाई मास्क वितरण गर्दै

इकागज | पुस ३०, २०७८

काठमाडौँ – मकवानपुरमा पनि मास्क प्रयोगलाई बढावा दिन अभियान नै सुरु गरिएको छ । जिल्ला कोभिड १९ ...

महानगरले एनसेललाई पार्क बनाउन अनुमति दिएको ठाउँमा किन राखियो कृत्रिम दुबाे ?

अतिन आचार्य | पुस ३०, २०७८

काठमाडौँ- लैनचौरस्थित मल्ल होटल अगाडि रहेको खुल्ला चौरलाई दुरसञ्चार प्रदायक टेलिफोन सेवा एनसेल कम्पनीले...