कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी

सुसन लामिछाने | मंसिर १९, २०७८

हेटौंडा - कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन् । संस्थापन पक्ष सभापति शेरबहादुर देउवा पक्षका बानियाँले १०८५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरे । बानियाँले १५८ मतान्तरले केसीलाई सभापतिमा पराजित गरेका हुन् ।

शनिबार भएको निर्वाचनमा प्रदेश सभापतिको लागि ५० प्रतिशत बढी मत ३ जना उम्मेदवारले ल्याउन नसकेपछि आज फेरि मतदान भएको थियो । आज दिउँसो साढे १ बजे दोस्रो चरणको मतदान भएको थियो । 

साँझ साढे ५ बजे मतदान सकिएको थियो । कुल २ हजार २६ मत खसेको मतदान अधिकृत रामकुमार अधिकारीले बताए । अब अन्य पदाधिकारीको मतगणना गर्ने तयारी छ ।
 

कांग्रेस बागमती प्रदेश सभापतिमा देउवा पक्षका बानियाँको अग्रता

इकागज | मंसिर १९, २०७८

हेटौंडाः कांग्रेस बागमती प्रदेश सभापतिको दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षका इन्द्र बानियाले अग्रता का...

जसपाका सांसद टोपी र मास्क लगाएर आए, कांग्रेस प्रदेश अधिवेशनमा मतदान गरे

इकागज | मंसिर १९, २०७८

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को बागमती प्रदेश सभा सदस्य प्रेम तामाङले पनि कांग्रेस बागम...

पत्रकारले गाडी किन्दा भन्सार शुल्क छुट पाउनुपर्ने प्रेस सेन्टरको माग

इकागज | मंसिर १९, २०७८

चितवन - नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरले पत्रकारहरूले गाडी खरिद गर्दा भन्सार शुल्क छुट गर्न सरकारस...