संविधान दिवसमा लोसपाले मनायो ‘कालो दिन’

इकागज | असोज ३, २०७८

काठमाडौँ – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले संविधान दिवसलाई ‘कालो दिन’का रूपमा मनाएको छ । संविधानमा उत्पीडित नागरिकका हक, हित नसमेटिएको भन्दै लोसपाले संविधान दिवसलाई ‘कालो दिन’का रूपमा मनाएको हो । 

संविधान संशोधन नहुञ्जेलसम्म मधेसका माग पूरा नहुने भन्दै संविधान दिवसलाई ‘कालो दिन’को रूपमा मनाउने निर्णय गरेको लोसपाले आइतबार बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘सहिदको बलिदानी एवम् संविधानको पूर्णता’ विषयक कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले संविधान जारी भएको दिनमै आफूहरूले विरोध जनाउनु परेको बताए । उनले अहिलको अवस्थामा आफुहरूले संविधानलाई स्वीकार गर्न नसक्ने धारणा राखे । अहिले पूर्ण संविधान बने पनि कार्यान्वयन हुन्छ कि हुन्न भन्ने प्रश्न महत्वपूर्ण रहेको उनको भनाइ छ । आइतबार नै लोसपाले तराई–मधेससहित विभिन्न जिल्लामा संविधान दिवसलाई ‘कालो दिन’का मनाएको छ ।

ऐतिहासिक सम्पदालाई पर्यटनसँग जोड्ने अभियानमा छौँ : मेयर शाक्य

इकागज | असोज २, २०७८

काठमाडौँ - काठमाडौँका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्दै धार्मिक पर्यटकीय सहरको पहिचान दिने अभ...

हिमालयन बैंकद्वारा वानेश्वर प्रहरीलाई दुई सेट कम्युटर हस्तान्तरण

इकागज | असोज १, २०७८

काठमाडौँ - हिमालयन बैंक लिमिटेडले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरलाई दुई सेट कम्प्युटर हस्तान्तरण गर...