बागमती प्रदेशको प्रदेशसभा बैठक आज

इकागज | भदौ १, २०७८

बागमती- बागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए । यसैगरी उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक यसअघि नै दर्ता भएका छन् ।

प्रदेशको चालु वर्षको नीति, कार्यक्रम तथा बजेट पास गरेसँगै पहिलोपटक प्रदेशसभा बैठक बस्न लागेको हो । रासस

बागमती प्रदेश प्रहरी कार्यालयले गर्‍यो मातहतका प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता

इकागज | साउन ३२, २०७८

काठमाडौँ – बागमती प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक वर्षका लागि मातहतका १४ कार्यालय प्रमुखसँग क...

पाँचपोखरीमा पूजा गरेमा महिलाले शिवसरह श्रीमान् पाउने धार्मिक विश्वास तर यसपाली मेला नलाग्‍ने

इकागज | साउन ३२, २०७८

सिन्धुपाल्‍चोक- जनैपूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्‍ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्म...

एक करोड बढी भ्रष्टाचार गर्ने प्रहरी असईविरुद्ध विशेष अदालतमा मुद्दा दायर

इकागज | साउन ३१, २०७८

काठमाडौँ - भ्रष्टाचार अभियोगमा प्रहरी सहायक निरीक्षक (असई) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग...