काठमाडौँ र ललितपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

इकागज | साउन २३, २०७८

काठमाडौँ : काठमाडौँ र ललितपुरमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका–६ स्थित सडकमा प्रदेश नम्बर ३–०२–००७ प ६२५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तारकेश्वर नगरपालिका–७ फुटुङ्गका ७० वर्षीय रामचन्द्र खत्रीको मृत्यु भएको हो ।

शनिबार बिहान भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँबजारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

यता ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडास्थित माझखोलामा बा४९प ४९०६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौँ कलङ्की बस्ने ४८ वर्षीय नीरज खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल सवार ललितपुर महानगरपालिका–४ बागडोल बस्ने ४८ वर्षीय नीरज बलको सोही अस्पतालमा उपचार भइरहेको छ । 

यार्सागुम्बालगायतका जडीबुटीसहित पक्राउ

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट यार्सागुम्बालगायत जडीबुटीसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाका २४ वर्षीय तुला कामी रहेको बताइएको छ ।

उनको साथबाट ४१२ ग्राम यार्सागुम्बा र ६५० ग्राम सिलाजित तथा १०० ग्राम रातो केशरीजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । काँकडभिट्टाबाट काठमार्डौँ आउँदै गरेको ना ७ ख २१११ नम्बरको बसलाई नागढुङ्गामा जाँच गर्ने क्रममा झोलाभित्र लुकाई ल्याएको उक्त जडीबुटी फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । रासस 

विपद् व्यवस्थापन सर्वपक्षीय समितिले बुझायो सभामुखलाई ध्यानाकर्षण पत्र

इकागज | साउन २३, २०७८

काठमाडौँ - सिन्धुपाल्चोकमा यसबर्षको बाढी र पहिरोबाट पीडित एवं विस्थापितहरूलाई सहजीकरण गर्न गठित विपद व्...

मदन भण्डारी प्रतिष्ठानका महिला चिकित्सकमाथि यौन दुर्व्यवहार

काठमाडौँ : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका महिला चिकित्सकमाथि यौन दुर्व्यवहार भएको छ । साउन...

मेलम्ची नगरपालिकाले बाढी प्रभावितलाई १० हजारदेखि २५ हजार रुपैयाँसम्म राहत दिने

इकागज | साउन २०, २०७८

सिन्धुपाल्चोक : गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पु¥याएको बेला समेत स्थ...

भक्तपुर अस्पतालमा म्याद नाघेको किट, अस्पतालले स्वास्थ्य कार्यालयलाई फिर्ता पठायो

इकागज | साउन १९, २०७८

भक्‍तपुर- कोभिड-१९ का शङ्कास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण...