काठमाडौँ महानगरको बजेट १८ अर्ब ९५ करोड ७७ लाख

इकागज | असार १०, २०७८

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले २०७८/०७९ को लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ । ‘साँस्कृतिक शहर, काठमाडौँ महानगर’ भन्ने नारासहित काठमाडौँ नगर सभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले बजेट प्रस्तुत गरेकी हुन् । 

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले निर्धारण गरेको काम, कर्तव्य, अधिकार र २०७८ असार ६ गते पारित नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन बजेट प्रस्तुत गरेको उपप्रमुख खड्गीले जानकारी दिइन् ।  बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख रूपैयाँ, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड रूपैयाँ, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड रूपैयाँ, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड रूपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड रूपैयाँ प्रस्ताव गरिएको छ ।   उपप्रमुख खड्गीले महानगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्न पाउँदा गौरव महसुस भएको सुनाइन् ।  

कोभिड–१९ रोकथाम र नियन्त्रणलाई प्राथमिकता दिएको छ । साथै सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट, बहाल करमा दश प्रतिशत वा पच्चिस हजार रूपैयाँसम्म छुट र व्यवसायीले सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिए व्यवसाय करमा ५० प्रतिशत सम्म छुट दिने भएको छ । 

सिन्धुपाल्चोकको हेलम्बुमा पुग्यो मेडिकल टिम, सुरु भयो स्वास्थ्य शिविर

इकागज | असार १०, २०७८

हेटौँडा : बुधबार बागमती प्रदेशबाट सिन्धुपाल्चोकको हेलम्बुमा १८ जनाको स्वास्थ्यकर्मीको टिम पुगेको छ । बाढी...

बागमती सरकारले प्राकृतिक प्रकोपले ध्वस्त जिल्लामा ५ करोड पठाउने

इकागज | असार ७, २०७८

हेटौडा: प्रदेश सरकारले बागमती प्रदेशका प्राकृतिक प्रकोप परेका जिल्लालाई ५ करोड रुपैयाँ पठाउने भएको छ ।...

काठमाडौँ महानगरद्वारा सिन्धुपाल्चोकका बाढीग्रस्त तीन पालिकालाई तीन करोड सहयोग

इकागज | असार ७, २०७८

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सिन्धुपाल्चोकको बाढीग्रस्त मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल र हे...