सांसद चौलागाईंको शोक प्रस्ताव पारित गरी सकियो प्रदेश सभा बैठक

इकागज | जेठ १६, २०७८

हेटौंडाः बागमती प्रदेश सभाको आज बसेको बजेट अधिवेशनको पहिलो बैठक सकिएको छ । दोलखाबाट प्रदेश सभामा निर्वाचित सांसद पशुपति चौलागाईंको निधनको शोक प्रस्ताव गरेसँगै बैठक सकिएको हो । सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख विष्णु प्रसाईको अधिवेशन आह्वान र मन्त्रिमण्डल पुनर्गठनबारेको पत्र पढेर सुनाएका थिए । 

बैठकको कार्यसूची अनुसार, अधिवेशनको शुभकामना मन्तब्य दलका नेताहरूले दिने भनिएपनि संसदमा विरोध हुने अवस्था देखिएसँगै शुभकामना मन्तब्य नराखी बैठक सकिएको थियो ।

यो बैठकमा प्रदेश सांसदहरूलाई एकै स्थानमा राखिएको थिएन । समितिहरूको हलमा समेत सांसदहरूलाई राखिएको थियो । कोभिडको जोखिमका कारण सांसदहरूलाई एक मिटरको दूरीमा बस्ने व्यवस्थापन गरिएको थियो ।

बैठक सुरु हुनुअघि सांसद, प्रदेश सभा सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित १६६ जनाको ऐन्टिजेन परीक्षण गरिएको थियो । जसमा एक जना पत्रकारको रिपोर्ट पोजेटिभ देखिएको थियो । 

बागमती सरकारले मदन भण्डारी फाउन्डेशनलाई ५० लाख दिने निर्णय फिर्ता लिने

इकागज | जेठ १३, २०७८

हेटौंडा : विपक्षी दलहरूले चर्को विरोध गरेपछि बागमती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेशनलाई ५० लाख रुप...