राष्ट्रिय सभा उपनिर्वाचन : पीसीआर परीक्षण नगरेकाले पनि मतदान गर्न पाउने

इकागज | जेठ ५, २०७८

काठमाडौँ : राष्ट्रिय सभा उपनिर्वाचनको तयारी स्वरुप हेटौंममा बुधबार दलका प्रतिनिधिसँग निर्वाचन कार्यालयले छलफल गरेको छ । छलपलका क्रममा कोभिड–१९ परीक्षण गरेको पीसीआर रिपोर्ट नभएकाहरुले पनि मतदान गर्न पाउने सहमति भएको हो ।

राष्ट्रिय सभाका उम्मेदवार डा. खिमलाल देवकोटाले पीसीआर रिपोर्ट नभए पनि मत हाल्ने पाउनुपर्ने बताएका थिए ।  निर्वाचन प्रमुख न्यायाधीस डिल्लीरत्न श्रेष्ठले मतदान गर्न पाउने विषयको सहमतिलाई निर्वाचन आयोगमा पठाउने बताए । उनले बिहीबार भुटनदेवी माविमा हुने चुनावमा कोभिड–१९ संक्रमित भएका मतदातालाई कर्मचारीले स्कटिङ गरेर सुरक्षित साथ मतदान स्थलमा लैजाने व्यवस्था गरेको जनाए ।

थापा र देवकोटालाई जिताउन ह्‍वीप जारी: नेमकिपा भन्छ, हामीलाई आवश्यक छैन

सुसन लामिछाने | जेठ ४, २०७८

हेटौंडाः राष्ट्रिय सभाको लागि बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यको लागि जेठ ६ गते हेटौंडामा उपनिर्...