बागमती प्रदेश सभाको आठौं अधिवेशन आह्वान

इकागज | जेठ ९, २०७८

हेटौंडा : बागमती प्रदेश सभाको आठौं अधिवेशन आह्वान भएको छ । जेठ १६ गते आइतबारको लागि प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशनको आइतबार आह्वान गरेका छन् । 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १६ जेठमा आठौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । असार १ गते बजेट र त्यसअघि  नीति तथा कार्यक्रम घोषणा गर्न अधिवेशन आह्वान गर्न सिफारिस गरिएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए । 

यसअघि ४ पटकसम्म संसदीय खेलका कारण प्रदेश सभा चल्न सकेको थिएन । प्रदेश सभामा विद्युतीय बसको खरिद प्रक्रिया रोक्न र मदन भण्डारी फाउन्डेशनलाई ५० लाख दिने निर्णय फिर्ता लिन प्रमुख प्रतिपक्ष दलले माग गरेका थिए । सरकारले त्यसो गर्न नसक्ने भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले संसद् अवरुद्ध गरेको थियो । लगातार ४ पटकसम्म बैठक चल्न नसकेपछि सरकारले बिजनेस हुँदाहुँदै पनि सातौ अधिवेशन अन्त्य गरेको थियो । 

जेठ १६ गते बजेट अधिवेशनको शुभकामना दिने तथा प्रदेश सभामा दर्ता भएको पर्यटन सम्बन्धि विधेयक बैठकमा पेश हुने प्रदेश सभा सचिव कृष्ण खड्काले बताए । उनका अनुसार सातौँ अधिवेशनमै पेश हुनुपर्ने लोकसेवा आयोगको प्रतिवेदन, मुख्य न्यायाधीवक्ता कार्यालयको प्रतिवेदन र समितिको प्रतिवेदनहरू बजेट अधिवेशनमा पेश हुनेछन् ।

कांग्रेस मकवानपुरले भन्यो- ‘ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिनु असंवैधानिक र अनैतिक’

इकागज | जेठ ९, २०७८

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु अधिनायकवाद भएक...

म स्वतन्त्र बस्छु, एमालेमा फर्किने सम्भावना छैन

एमालेका शक्तिशाली उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै स्वतन्त्र उम्मेद्वार डा. खिमलाल देवकोटा राष्ट्रि...