घर जग्गा व्यवसायी संघले दियो अक्सिजन प्लान्टलाई ३८ लाख

इकागज | जेठ २३, २०७८

हेटौंडा : मकवानपुर घरजग्गा व्यवसायी संघले हेटौंडा अस्पतालमा जडान भएको अक्सिजन जेनरेटर प्लान्टलाई ३८ लाख सहयोग गरेको छ । दुई हप्ताअघि हेटौंडा अस्पतालमा हेटौंडा उपमहानगरपालिकाको समन्वयमा १८ अक्सिजन सिलिन्डिर उत्पादन हुने अक्सिजन प्लान्ट जडान गरिएको थियो । 

आइतबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्लान्ट ल्याउने बयोधा मेडिकल टेक्नोलोजीका प्रमुख दिपक खनाललाई मकवानपुर घर जग्गा व्यवसायी संघले उपलब्ध गराएको ३८ लाखको चेक हस्तान्तरण गरे ।

मेयर महतले राम्रो कामको थालनी गर्न आलोचना भए पनि तत्काल प्लान्ट राख्‍ने निर्णय लिएको बताए । यसअघि अस्पतालमा जडान भएको अक्सिजन प्लान्टको लागत ३८ लाख हेटौंडा उपमहानगरले तिर्ने बताइएको थियो । जलेश्वरको लागि चीनबाट कलकत्ता हुँदै ल्याइएको प्लान्ट हेटौंडाका मेयर महतले अस्पतालमा जडान गर्न भनेका थिए । 

हेटौंडा अस्पतालमा डायलासिस गर्ने मेशिन आइसकेकोले तत्काल निःशुल्क उपचार सेवा दिन अस्पतालका अध्यक्ष राजेश प्रसाईलाई मेयर महतले निर्देशनसमेत दिए । 
घर जग्गा व्यवसायी संघ मकवानपुरका अध्यक्ष ध्रुव घिमिरले युवा व्यवसायीहरू मिलेर प्लान्टको रकम दिएको बताए । नगरलाई आर्थिक व्ययभार नपर्ने गरी व्यवसायीहरूले यस्तो निर्णय गरेर प्लान्टको रकम मकवानपुर घरजग्गा व्यवसायी संघले उपलब्ध गराएको उनले बताए । 

१३ वर्षीया बालिकासँग यौन प्रस्ताव राखेपछि शिक्षक र तेक्वान्दो प्रशिक्षक पक्राउ

इकागज | जेठ २२, २०७८

भक्तपुर : आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेहरूका परिवारलाई २५ हजार किरिया खर्च

इकागज | जेठ २०, २०७८

काठमाडौँ : नुवाकोटको ककनी गाउँपालिकाले कोभिड-१९बाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई किरिया खर्च...