नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न एमाले संसदीय दलको निर्देशन

इकागज | जेठ २९, २०७८

बागमती : नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न दलका सदस्यलाई निर्देशन दिएका छन् ।

संसदीय दलको आज सम्पन्‍न बैठकलाई सम्बोधन गर्दै उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्तरीय, वस्तुपरक तथा परिणाम दिने खालको भएकाले दलका तर्फबाट सर्वसम्मत पास हुनुपर्ने भन्दै पक्षमा मतदान गर्न निर्देशन दिनुभएको एमाले संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

उनका अनुसार एमाले नेता तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले दलको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलको निर्देशनअनुसार नीति तथा कार्यक्रमलाई पास गर्ने गरी पक्षमा मतदान गर्न दलका सदस्यलाई अनुरोध गरे ।

बैठकमा मुख्यमन्त्री पौडेलले समसामयिक राजनीतिक अवस्थाका बारेमा भनाइ राखेका थिए । पौडेलले शुक्रबार प्रदेशसभामा उठेका प्रश्नका बारेमा दलका सदस्यलाई प्रष्ट पारेको मुख्य सचेतक निरौलाले जानकारी दिए । रासस

बाग्मती प्रदेशको नीति तथा कार्यक्रम अपुरो : सांसद छिरिङ दोर्जे

इकागज | जेठ २८, २०७८

हेटौंडाः बागमती प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमलाई निरन्तरता दिएर आएको विपक्षी ...

खोप लगाएपछि ६० वर्षीया शुभद्रा भन्छिन् : अब धेरै बाच्‍ने आशा पलायो

अतिन आचार्य | जेठ २६, २०७८

काठमाडौँ : काठमाडौँ महानगरपालिका-३१ मा बस्ने ६० वर्षीया शुभद्रा श्रेष्‍ठ इपीएस स्कुलमा काग्त्यानीबाट ...