चाँगुनारायणस्‍थित इँटाभट्टाको खाल्डोमा डुबेर बालकको मृत्यु

इकागज | असार ५, २०७८

मध्यपुरथिमि : चाँगुनारायण नगरपालिका–९ ताथलीमा रहेको बिएम इँटाभट्टाको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीयवासी राजु मछेका छोरा १० वर्षीय रोजनको शव पोखरीमा आज भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

शुक्रबार करिब ११ बजेदेखि बालक हराएको भन्दै वरिपरि छिमेकी,  साथीभाइसँग बुझ्दासमेत कतै फेला नपरेपछि आज थप खोजतलास गर्दा पोखरीमा बच्चा डुबेको भेटिएको प्रहरीले जानकारी दिएको छ । इँटाभट्टाले जथाभावी खाल्डा खनेर पोखरी बनाएर बारसमेत नहाली राख्दा हरेक वर्ष भक्तपुरका इँटाभट्टामा यसैगरी बच्चा डुब्ने गरेका छन् । शवपरीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

बाढी प्रभावितलाई मध्यपुर थिमि नगरपालिकाले २२ लाख २२ हजार रूपैयाँ सहयाेग गर्ने

इकागज | असार ४, २०७८

भक्तपुर : सिन्धुपाल्चाेककाे मेलम्चीमा बाढी प्रभावितलाई मध्यपुर थिमि नगरपालिकाले २२ लाख २२ हजार रूप...

काठमाडौँ महानगरले सिन्धुपाल्चोकका दुई पालिकालाई थप ५०-५० लाख दिने

इकागज | असार ४, २०७८

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखर...