काठमाडौँको एउटै वडामा कोभिडले ८० जनाको मृत्यु
काठमाडौँ- कोभिड-१९ संक्रमणका कारण काठमाडौँ महानगरपालिकामा ५३४ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म सबैभन्दा बढी १६ नम्बर वडामा ८० जना संक्रमितको मृत्यु भइसकेको महानगरले जनाएको छ । सबैभन्दा थोरै २८ नम्बर वडामा २ जना संक्रमितको मृत्यु भएको छ ।
महानगरपालिकामा सक्रिय संक्रमित तीन हजार २१९, कुल संक्रमित ७९ हजार ४३९ जना, होम आइसोलेसनमा तीन हजार ८० जना छन् । अस्पतालमा उपचाररत ८३ जना, संस्थागत आइसोलेसनमा ५६ र संक्रमणमुक्त ७५ हजार ६८६ जना छन् ।
कन्ट्रयाक ट्रेसिङमा ९३ हजार ७९ जनामा परेका छन् । जसमध्ये ५६ हजार ४२७ जनाको कोभिड परीक्षण गरिएको महानगरले उल्लेख गरेको छ । कन्ट्रयाक ट्रेसिङमा परेकाहरूको १३ हजार ८८९ जनाको कोभिड पोजेटीभ देखा परेको महानगरले जनाएको छ । ट्रेसिङमा ३२ वडामा सबैभन्दा संक्रमित फेला परेका थिए जसमध्ये ३ हजार ९७६ जना कोभिड देखिएको थियो ।