चितवनमा दसैँ अवधिमा दुर्घटनामा परेर ९ जनाको मृत्यु

इकागज | असोज ३१, २०७८

चितवन - दसैंको समयमा चितवनमा भएका दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ । यही असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो अवधिमा भएका दुर्घटनामा २३ जना घाइते भएका थिए ।

२८ वटा सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ । सवारी दुर्घटना विशेषगरी भित्रि सडकमा भएका थिए । दुई पाङ्ग्र्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा परेका थिए । मादकपदार्थ सेवन गरेका कारण दुर्घटना बढी भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए ।

तीव्र गति, क्षमता भन्दा बढी यात्रु र सडक साँघुरो हुनुका कारण दुर्घटना बढी भएको उनले बताए । जिल्लाको पूर्वी क्षेत्रमा दुर्घटना बढेको उहाँको भनाइ छ । चाडपर्वमा सवारी दुर्घटना बढ्ने भएकाले कार्यालयले सवारी चेकजाँचलाई तीव्र पारेको उनको भनाइ छ । रासस 
 

कांग्रेसभित्र गुट अन्त्यका लागि मेरो उम्मेद्वारी : शशांक कोइराला

इकागज | असोज २३, २०७८

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र गुट अन्त्यका लागि ...

गैरसांसद मन्त्री प्रकरण : यसरी बचाव गर्छन् माओवादी अध्यक्ष दाहाल

इकागज | असोज २३, २०७८

चितवन- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल विस्तारमा न्यायलयलाई...

विश्वासको मत लिन मुख्यमन्त्री शाक्यले प्रदेशसभामा दर्ता गरिन् प्रस्ताव

इकागज | असोज २२, २०७८

हेटौंडा - बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत प्राप्त गर्ने सम्बन्धी ...