बलात्कार कसुरदार ८ वर्षपछि पक्राउ

इकागज | कात्तिक ५, २०७८

काभ्रे- जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा १० वर्ष सजाय फैसला गरिएका बेथानचोक गाउँपालिका–४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले पक्राउ गरेको हो । 

राउतलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते १० वर्ष कैद फैसला सुनाएको थियो । कैद फैसलापश्चात फरार रहेका राउतलाई धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका महतलाई कानुनबमोजिम कैद तथा जरिवाना फर्स्योटका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको छ । फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतमा फरार रहेका प्रतिवादी खोजतलासका क्रममा महत पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरिरहेको छ । रासस

'प्रदेशमा अष्टलक्ष्मीविरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो'

इकागज | कात्तिक ४, २०७८

हेटौंडा - बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यविरुद्ध राजेन्द्र पाण्डे उभिएका छन् । शाक्यले प्रति...

संविधानको भावनाअनुसार नै मैले विश्वासको मत माग गरेको छु : मुख्यमन्त्री शाक्य

इकागज | कात्तिक ४, २०७८

काठमाडौँ – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूले संविधानको भावनाअनुसार नै विश्वासको...

अष्टलक्ष्मी शाक्य : संविधान विपरीत सरकार सञ्‍चालन गर्दै, विश्वासको मत प्रस्ताव पेस गरेर पन्छिँदै

इकागज | कात्तिक ३, २०७८

काठमाडौँ – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संविधान विपरीत सरकार सञ्चालन गरिरहेकी छन्...

हतार गरेर एमालेको वडा र पालिका अधिवेशन एकै पटक गर्न हुँदैन : अष्टलक्ष्मी शाक्य

इकागज | कात्तिक ३, २०७८

काठमाडौँ -  नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन&...

'सरकारी अस्पतालका चिकित्सकको सुविधा थप गर्छौँ’

इकागज | कात्तिक २, २०७८

चितवन- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकल...