चाँगुनारायण नगर क्षेत्रमा बंगुर फार्म सञ्‍चालनमा रोक

इकागज | कात्तिक ७, २०७८

भक्तपुर – चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा बंगुरपालनमा रोक लगाएको छ । नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बंगुरपालन गर्न निषेध गरेको हो । 

केही दिनअघि बसेको नगरसभा बैठकले नगर क्षेत्रमा बंगुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो । नगरपालिकाले बिहीबार सूचना जारी गरेर आगामी ५ मंसिरभित्र सबै बंगुर फार्म हटाउन निर्देशन दिएको छ ।

फार्मले नगरभित्र फोहर र प्रदूषण बढाएका, प्राकृतिक सौन्दर्यतामा असर पुर्‍याएको, फार्ममा उत्सर्जन हुने फोहर र ढल खोलादेखि स–साना खहरेमा सिधै हाल्ने गरेको र बस्तीमा प्रदूषण फैलाएको जनाउँदै बंगुर फार्म सञ्चालनमा रोक लगाएको सूचनामा उल्लेख छ । स्थानीय बासिन्दाले फार्मबाट फोहर र प्रदूषण बढेकाले त्यस्ता फार्म बन्द गर्न माग गरेकाले नगरसभाले नै यस्तो निर्णय गरेपछि सो निर्णय कार्यान्वयनमा ल्याइएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

नगरपालिकाले बिहीबार जारी गरेको सूचना :

 

एमाले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा सार्ने तयारी

इकागज | कात्तिक ७, २०७८

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कार्यालय ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा ...

सहकारीका माध्यमबाट जनताको जीवनस्तर उकास्नुपर्छ : ऊर्जामन्त्री भुसाल

इकागज | कात्तिक ६, २०७८

ललितपुर - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सहकारीका माध्यमबाट जनताको जीवनस्तर उक...

लोकप्रियताका लागि स्मार्ट सहर भन्‍नाले समस्‍या भयाे : मन्त्री झाँक्री

इकागज | कात्तिक ६, २०७८

धुलिखेल – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने प्रवृत्तिले नेपाल पछि प...

बेमौसमी वर्षाले बागमती प्रदेशको २ हजार हेक्टरमा लगाएको धानबाली क्षति

इकागज | कात्तिक ५, २०७८

हेटौंडा - बागमती प्रदेशको ७ जिल्लामा बेमौसमी वर्षाको कारण २ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइए...

चिकित्सा शिक्षा आयोगको गाँठो फुकाउने काम गर्छु : शिक्षामन्त्री पौडेल

इकागज | कात्तिक ५, २०७८

भक्तपुर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले भक्तपुरको सानोठिमीमा रहेका चिकित्सा शि...