बागमतीमा भोलि मुख्यमन्त्रीसँगै यी सांसद बन्दैछन् मन्त्री

इकागज | कात्तिक १०, २०७८

काठमाडौँ - बागमती प्रदेशमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनको तर्फबाट राजेन्द्र पाण्डेको नेतृत्वमा नयाँ सरकार बन्दैछ । पहिलो चरणमा मुख्यमन्त्रीमा पाण्डेसहित चार सदस्यीय मन्त्रिमण्डल विस्तार हुने भएको छ ।  

मुख्यमन्त्री पाण्डेसँगै कांग्रेस स‌सदीय दलका उपनेता कृष्ण भँडेल, माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका सचिव निमा लामाले इकागजलाई जानकारी दिए । मन्त्रालय भागवण्डाको विषयमा भने छलफल जारी रहेको उनको भनाइ छ । 

स्रोतका अनुसार कांग्रेसले भौतिक पूर्वाधार, माओवादीले आर्थिक मामिला र समाजवादीले सामाजिक विकास मन्त्रालय पाउँदैछ । अन्य मन्त्रालयमा को- को लाने भन्ने टुंगो भने मुख्यमन्त्रीले संसद्‌मा विश्वासको मत लिएपछि लाग्ने बताइएको छ । 

बागमतीमा हाल आठ मन्त्रालय छ । गठबन्धन दलबीच भाग पुर्‍याउन ८ मन्त्रालय फुटाएर ११ अथवा १३ मन्त्रालय बनाउने विषयमा छलफल भइरहेको बताइएको छ । एक प्रदेश सभा सदस्यका अनुसार सबै दललाई भाग पुर्‍याउन मन्त्रालय फुटाउनुपनर्ने बाध्यता गठबन्धन सरकारलाई छ ।

१३ मन्त्रालय बनाउँदा कांग्रेस र माओवादीले ५/५ मन्त्रालय लिने र समाजवादीलाई ३ मन्त्रालय दिने विषयमा गठबन्धनबीच सहमति भइसकेको छ । बागमतीमा १०९ सांसद छन् ।

एमालेका ४३, कांग्रेसको २२, नेकपा माओवादीको २३ र एकीकृत समाजवादीका १३ सांसद छन् । यसैगरी, विवेकशील साझाको ३, नेमकिपा २, राप्रपा २ र एक स्वतन्त्र सांसद छन् । नेकपा एमाले विभाजन भएपछि अल्पमतमा परेर एमालेबाट भदौ २ गते बुधबार मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले आजको संसद्‌ बैठकलाई सम्बोधन गरेर राजीनामा घोषणा गरेकी थिइन् । उनले प्रदेश प्रमुखसमक्ष बुझाएको राजीनामा पनि स्वीकृत भइसकेको छ । 

एमालेले आफ्नै कारण गुमायो, संघ र तीन वटा प्रदेश सरकार

सन्तोष अधिकारी | कात्तिक १०, २०७८

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफैँले हुर्काएको ...

५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न जाँदै राजेन्द्र पाण्डे

इकागज | कात्तिक १०, २०७८

हेटौंडा -  बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न नेकपा (एकीकृत समाजवादी) का संसद...

संसद्लाई सम्बोधन गरेर राजीनामा दिने तयारीमा मुख्यमन्त्री शाक्य

इकागज | कात्तिक १०, २०७८

काठमाडौँ – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गरे...

दाहाल भन्छन्- प्रधानन्यायाधीशबारे छलफल गरी दुई दिनमै निष्कर्ष निकाल्छौं

इकागज | कात्तिक ९, २०७८

चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राज्यका प्रमुख अंगले गरिमा कायम राख्न नसकेक...