राजनीति

मुख्यमन्त्री शाक्यको राजीनामा स्वीकृत

इकागज |
कात्तिक १०, २०७८ बुधबार १४:५५ बजे

हेटौंडा- बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष लिखित राजीनामा दिएकी छन् । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरिसकेको प्रदेश प्रमुख शर्माका प्रेस संयोजक शिव चौलागाईंले जानकारी दिए ।

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने बताइए पनि प्रदेश सभा बैठकबाटै राजीनामा दिएर मार्गप्रशस्त गर्ने बताएकी थिइन् । बागमती प्रदेशमा अब एकीकृत समाजवादीको राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रियाअघि बढाइने भएको छ ।



Author

थप समाचार
x