निर्वाचनमा कांग्रेसले गठबन्धन गर्दैन : सुजाता कोइराला

इकागज | कात्तिक ११, २०७८

चितवन - नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट पारेकी छन् । बिहीबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।

‘पार्टीमा अहिले गठबन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लैले निर्वाचन लड्नुपर्छ,’ उनले भनिन्, ‘कांग्रेस लोकतान्त्रिक र ऐतिहासिक पार्टी भएकाले अन्य दलसँग गठबन्धन गर्नका लागि पार्टीमा गहन छलफल गरेर मात्र निर्णय लिनुपर्छ ।’ कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्दै नेता, कार्यकर्ता निर्वाचनमा केन्द्रित हुने समय आएको उनको भनाइ छ । कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने उनले दाबी गरिन् । ‘सभापतिले अब महाधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ । यसमा हामीले विश्वास गरेका छौं । महाधिवेशन समयमा नै हुनुपर्छ,’ कोइरालाको भनाइ छ ।

महाधिवेशनमा आफूले कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा आफू छलफलमै रहेको उनले बताइन् । राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउँदै उनले समय आएपछि मात्र आफ्नो उम्मेदवारीबारे जानकारी गराउने उल्लेख गरिन् । प्रधानन्यायाधीशमाथि चौतर्फी आलोचना हुनुले प्रजातन्त्रलाई कमजोर बनाउने कोइरालाले बताइन् ।
 

अखाद्य वस्तु मिसाउने काठमाडौंका तृष्णा र निखिलेश्वरम् मिठाइ पसललाई कारबाही

इकागज | कात्तिक ११, २०७८

काठमाडौँ । काठमाडौं महानगर क्षेत्रमा सञ्चालित मिठाइ पसलहरूले मिठाइ बनाउँदा हाइड्रो नामक अखाद्य वस्तुको ...

अध्ययन अनुसन्धानबिनै चितवनमा राम लक्ष्मणको मूर्ति ल्याइयो : दाहाल

इकागज | कात्तिक ११, २०७८

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अध्ययन अनुसन्धानबिनै तत्कालीन प्रधानमन्त्री क...

सात पटक जेल परेका पाण्डेको राजनीतिक यात्रा : माले, एमाले हुँदै समाजवादीबाट मुख्यमन्त्री

इकागज | कात्तिक ११, २०७८

हेटौंडा- बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीको तर्फबाट धादिङका राजेन्द्र पाण्डे निय...

बागमतीमा पाण्डे मुख्यमन्त्री बन्दै, यी हुन् सम्भावित मन्त्री

इकागज | कात्तिक ११, २०७८

मकवानपुर- एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् । ...

आकांक्षी धेरै भएपछि भक्तपुरका चार वटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस

इकागज | कात्तिक ११, २०७८

भक्तपुर- पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा जिल्लाका चारवटै न...