राजनीति

अध्ययन अनुसन्धानबिनै चितवनमा राम लक्ष्मणको मूर्ति ल्याइयो : दाहाल

इकागज |
कात्तिक ११, २०७८ बिहीबार १५:४ बजे

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अध्ययन अनुसन्धानबिनै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमा राम लक्ष्मणको मूर्ति राखेको जिकिर गरेका छन् । बिहीबार चितवन पुगेका दाहालले माडीका स्थानीयलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

भगवान्‌को मूर्ति ल्याएकोमा आफूलाई आपत्ति नरहेको तर मूर्ति ल्याएरमात्रै यहाँका जनताको कल्याण नहुने दाहालको भनाइ छ । ‘राम्रोसँग अध्ययन, अनुसन्धान नै नगरी यहाँ राम, लक्ष्मण, सीताको मूर्ति ल्याइएको छ । अध्ययन, अनुसन्धान गरेर चितवनमा धार्मिक पर्यटनको विकास गर्न सकिए म पनि खुसी हुन्छु, प्रमाणित नभई, अध्ययन अनुसन्धानबिनै मूर्ति ल्याएरमात्रै यहाँका जनताको हित हुँदैन,’ दाहालले भने । 


तत्कालीन प्रधानमन्त्री ओलीले भगवान् रामको जन्मस्थान माडीको अयोध्यापुरीमा भएको भन्दै त्यहाँ राम–सीताको मूर्ति स्थापना गराएका थिए । त्यसबेला ओलीको आलोचनासमेत भएको थियो । 


Author

थप समाचार
x