राजनीति

कांग्रेसभित्र गुट अन्त्यका लागि मेरो उम्मेद्वारी : शशांक कोइराला

इकागज |
असोज २३, २०७८ शनिबार २१:४५ बजे

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र गुट अन्त्यका लागि आसन्न महाधिवेशनमा आफूले सभापति पदमा उम्मेद्वार दिन लागेको बताएका छन् । कांग्रेसको धादिङ–काठमाडौं सम्पर्क समितिले शनिबार आयोजना गरेको दसैंको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

‘कांग्रेसलाई एकढिक्का बनाउनका लागि सभापति पदमा मेरो उम्मेद्वारी रहन्छ,’ कोइरालाले भने । कार्यक्रममा बोल्दै कोइरालाले जलविद्युत्, पर्यटन र कृषिमार्फत देशको आर्थिक विकास गर्नुपर्ने पनि उल्लेख गरे । कोइरालाले जलविद्युत्, पर्यटन र कृषिको प्रचुर सम्भावना भएको मुलुक नेपालले सोही चिजलाई उपयोग गरेर विकास गर्नुपर्नेमा जोड दिए ।



Author

थप समाचार
x