जनमोर्चाले गठबन्धन छाड्यो, गण्डकी सरकारको भविष्य के ?

इकागज | फागुन १६, २०७८

काठमाडौं–राष्ट्रिय जनमोर्चाले गठबन्धनबाट अलग हुने निर्णय गरेको छ । यसले गण्डकी प्रदेश सरकारको भविष्य के हुने भन्ने अनिश्चय बढाएको छ । किनकि गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चा निर्णायक दल हो । 

दुई सांसद भएको जनमोर्चाले त्यहाँको कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारलाई साथ छाड्यो भने सरकार अल्पमतमा पर्नेछ । ५९ सांसद रहेको गण्डकी प्रदेश सभामा सरकार बनाउन ३० सांसद आवश्यक पर्छ्न । तर गण्डकीमा कुनै पनि दलसँग स्पष्ट बहुमत छैन । 

संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेका २७ सांसद छन् भने नेपाली कांग्रेसका १५ सांसद छन् । माओवादी केन्द्रका १२ सांसद भएपनि सभामुख नेत्रनाथ अधिकारीले मत हाल्न नपाउँदा ११ हुन्छ, जनमोर्चा र जनता समाजवादीसँग २/२ सांसद छन् । जनमोर्चाले साथ छाड्ने हो भने सत्ता गठबन्धनमा २९ सांसद हुनेछन्, जुन बहुमत पुग्दैन । 

यसले जनमोर्चाले गण्डकीमा के गर्छ भन्ने प्रश्न उठाएको छ । जनमोर्चाकी प्रदेश सांसद पियारी थापा भन्छिन्, ‘केन्द्रले अहिलेसम्म प्रदेशमा साथ दिने/नदिने बारे निर्णय नगरेकाले धेरै बोल्नु मिलेन । केन्द्रको निर्णय मान्छौं ।’ 

केन्द्रले भने केही दिनमा प्रदेशहरुमा के गर्ने भन्नेबारे निर्णय लिने बताउँछ । जनमोर्चाका अध्यक्षले इकागजसँग कुराकानी गर्दै केही दिनमा पार्टीले निर्णय लिने बताए । ‘हामीले केही दिनमा निर्णय लिएर बताउँछौं । जे–जस्तो भएपनि निर्णय चाहिँ गर्छौं,’ उनले भने ।
 

एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ : वरिष्ठ नेता पौडेल

इकागज | फागुन १२, २०७८

दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेप...

गण्डकी प्रदेशका मुख्यमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

इकागज | फागुन १०, २०७८

गण्डकी - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलाय...