विद्यालयलाई सहयोग जुटाउँदै तनहुँका पूर्वविद्यार्थी

इकागज | मंसिर १७, २०७८

तनहुँ - भानु नगरपालिका-१३ स्थित अरनिको माध्यमिक विद्यालयमा अध्ययरत पूर्वविद्यार्थीले विद्यालयलाई सहयोग जुटाउन कस्सिएका छन् । अंग्रेजी माध्यमबाट विद्यालय सञ्चालन गराउन आवश्यक पर्ने रकम जुटाउन उनीहरूले अभियान नै सुरू गरेका  हुन् ।  

अंग्रेजी माध्यममा पठनपाठनका लागि विद्यालयको आर्थिक स्रोतले नभ्याउने भएपछि सहयोग संकलन अभियान थालिएको पूर्वविद्यार्थी मञ्चका अध्यक्ष गलबहादुर गुरूङले जानकारी दिए । उनकाअनुसार मञ्चको आग्रहमा हालसम्म डेढ लाखभन्दा बढी रकम संकलन भएको छ ।

वार्षिक रूपमा एक लाख बराबरको पाठ्यपुस्तक खरिद गर्नुपर्ने र त्यसका लागि विद्यालयको आर्थिक स्रोतले नसकिने भएपछि पूर्वविद्यार्थी कोष स्थापना गरी अभियान थालिएको उनले बताए । ‘अभियानमा देश तथा विदेशबाट सहयोग जुटिरहेको छ, विद्यालयका पूर्वविद्यार्थीले पनि सहयोग गरेका छन्,’ उनले भने ।

सूचनाको हकसम्बन्धी कानून निर्माणमा प्रतिबद्ध छौं : मन्त्री थापा

इकागज | मंसिर १५, २०७८

पोखरा - गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सूचनाको हकसम्बन्धी का...

जीप दुर्घटनामा वडा सदस्यसहित चार जनाको मृत्यु, तीन जना घाइते

इकागज | मंसिर १४, २०७८

म्याग्दी- म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनप्रतिनिधिसहित चार जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघ...

लमजुङका उपभोक्तालाई प्राधिकरणबाट विद्युत दिन्छौं : मन्त्री भुसाल

इकागज | मंसिर १३, २०७८

लमजुङ -  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लमजुङका उपभोक्तालाई विद्युत प्राधिकरणबाट विद्...