कांग्रेस नवलपरासी (पश्चिम) सभापतिमा पोखरेल
बुटवल - नेपाली कांग्रेस नवलपरासी (पश्चिम) जिल्लामा संस्थापनइतर पक्ष विजयी भएको छ । जिल्ला सभापतिका लागि भएको मतदानको परिणामअनुसार सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अर्जुन पोखरेल विजयी भएका हुन् ।
पार्टी संस्थापन पक्षका मोहन शर्मालाई १ सय ९५ मत अन्तरले पराजित गर्दै पोखरेल सभापतिमा विजयी भएका हुन् । पोखरेलले ७ सय ५६ र शर्माले ५ सय ६१ मत प्राप्त गरेका छन् । पोखरेल यसअघिका जिल्ला उपसभापति थिए । उपसभापतिमा विक्रम यादव र अनिल गौड, सचिवमा कुलदीप आचार्य र उमेशचन्द्र यादव विजयी तथा सहसचिवमा दीपक बराल र सन्तबहादुर गाहा निर्वाचित भएका मतदान अधिकृत दीपक भट्टराईले जानकारी दिए । प्यानल नै सस्थापनइतर पक्षले जितेको छ ।