कांग्रेस केन्द्रीय सदस्यमा मन्त्री दोबाटे विश्वकर्माको उम्मेदवारी घोषणा

इकागज | मंसिर २२, २०७८

पोखरा : गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोवाटे विश्वकर्माले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित विश्वकर्माले दलिततर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

दलित समुदायका साथै विपन्न वर्गको उत्थानमा लागेर राजनीतिक कदमलाई अगाडि बढाउन उम्मेदवारी दिन लागेको विश्वकर्माले बताए । गरिब तथा निमुखाको उत्थानका लागि कांग्रेसले गरेको आन्दोलनलाई सार्थक तुल्याउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिने उनको भनाइ छ । “सबैको सल्लाह, सुझावअनुसार केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको छु”, उनले भने, “सबै महाधिवेशन प्रतिनिधिको साथ र सहयोग रहनेमा ढुक्क छु ।” रासस

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमै लमजुङमा बलात्कारको आरोपमा एक पक्राउ

इकागज | मंसिर २२, २०७८

लमजुङ- लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला लमजुङमा बलात्कारकोआरोपमा एक जनालाई प्रहरील...

शिक्षाको गुणस्तरका लागि सबैको चासो आवश्यक : मुख्यमन्त्री पोखरेल

इकागज | मंसिर २०, २०७८

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवालाको...