कोरोनाबाट मृत्यु हुनेको परिवारलाई १५ हजार

इकागज | जेठ १८, २०७८

तनहुँ : म्याग्दे गाउँपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको परिवारलाई रु १५ हजार सहयोग गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई राहतस्वरूप उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । त्यसका लागि जनप्रतिनिधि र कर्मचारीले दुई दिनको तलब सहयोग गर्ने र बाँकी कोभिड कोषबाट बेहोर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत प्रदान गर्ने निर्णय गर्ने म्याग्दे जिल्लाको दोस्रो पालिका हो । यसअघि व्यास नगरपालिकाले मृतक परिवारलाई रु १० हजार राहत उपलब्ध गराउने निर्णय गरेको थियो । गाउँपालिकाले कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्न र हौसला बढाउन घरघरमा पुगेर स्वास्थ्य सामग्री वितरण गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिए । रासस

वित्‍तीय हस्‍तान्‍तरणमा गण्डकीलाई सबैभन्दा कम रकम: कुन प्रदेशलाई कति ?

अनिष भट्टराई | जेठ १७, २०७८

पोखरा : आगामी आर्थिक वर्ष २०७८/७९ का निम्ति संघ सरकारले गण्डकी प्रदेशलाई १३ अर्ब २ करोड ९७ लाख रुपैयाँ ...

गण्डकीको बजेट अधिवेशन : प्रदेश प्रमुख र संघीय बजेटको आलोचना

अनिष भट्टराई | जेठ १६, २०७८

पोखरा : गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शिष्टता नदेखाएको भन्दै यहाँका विपक्षी दलले...