गण्‍डकीमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

अनिष भट्टराई | बैशाख १६, २०७८

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेका छन् । स्रोतकाअनुसार आजै मन्त्रिपरिषद् विस्तार हुँदैछ । मुख्यमन्त्री गुरुङले केही मन्त्रालय विभाजन गरेर भए पनि मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेका हुन् ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि २ वटा मन्त्रालय खाली छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम रहेका मन्त्रालयमध्ये केहीलाई फुटाएर मन्त्रालय संख्या बढाएको दाबी श्रोतले गरेको छ । स्रोतका अनुसार स्‍वतन्‍त्र सांसद् राजिव गुरुङ(दीपक मनाङे)लाई मन्‍त्री बनाइँदै छ । सामाजिक विकास मन्‍त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्‍त्री बनाइँदै छ ।

*यसअघि प्रकाशित समाचारमा स्‍वतन्‍त्र सांसद् राजिव गुरुङ(दीपक मनाङे)लाई मन्‍त्री बनाइँदै हुनुपर्नेमा एमालेका माधव नेपालपक्षधर सांसद इन्द्रलाल सापकोटालाई समेटेर मन्त्रिपरिषद् विस्तार हुँदै हुन गएकोमा सच्‍याएका छौँ ।

प्रदेशसभा सदस्य शाही प्रकरणबारे जनमोर्चाले छानविन गर्ने

इकागज | बैशाख १६, २०७८

काठमाडौँ : राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्बन्धमा सत्यतथ्य बुझ्ने भएको छ । बुधबा...

पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिबद्ध छुः खिमविक्रम शाही

इकागज | बैशाख १६, २०७८

काठमाडौँ : गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छ...

गण्डकीमा एक दिन : संसदीय चलखेलको एउटा 'केस स्टडी'

अनिष भट्टराई | बैशाख १५, २०७८

पोखरा : गण्डकी प्रदेश सभामा बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने क...

गण्डकी प्रदेश सभाः कार्यव्यवस्था समितिको बैठक बोलाएर सभामुख सम्पर्कविहीन

इकागज | बैशाख १५, २०७८

पोखरा : राष्ट्रिय जनमोर्चाका एक सांसद सम्पर्कविहीन भएपछि गण्डकी प्रदेश सभाको आजको बैठक अनिश्चित कालक...

बागमतीमा नवनियुक्ति तीन मन्त्री र एक एक राज्यमन्त्रीले लिए शपथ

इकागज | बैशाख १५, २०७८

हेटौंडाः बागमती प्रदेश सरकारमा आज ३ जना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौड...