गण्डकी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

इकागज | बैशाख २७, २०७८

पोखरा : गण्डकी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले संसद अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका सचिव हरि बास्तोलाले जानकारी दिए ।

‘सरकारको सिफारिसमा प्रदेश प्रमुखज्यूले अधिवेशन अन्त्य गर्नुभएको हो,’ बास्तोलाले भने । उनका अनुसार अधिवेशन अन्त्यको पत्र प्रदेश प्रमुखको कार्यालयले सोमबार प्रदेश सभा सचिवालयमा पठाएको छ ।

आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि विशेष अधिवेशनको औचित्य सकिएको थियो । वैशाख २ गते कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीले विशेष अधिवेशन डाक्न समावेदन दिएका थिए । सोही दिन सरकारले सातौं अधिवेशन हठात अन्त्य गरेपछि विपक्षी मोर्चाले अविश्वास दर्ता गरेर छलफल गर्नुपर्ने भन्दै विशेष अधिवेशन माग गरेका थिए ।

पूर्वप्रदेश प्रमुख अमिक शेरचनले ६ वैशाखमा १३ गतेबाट प्रदेश सभाको विशेष अधिवेशन चलाउन आह्वान गरेका थिए । १३ वैशाखबाट चलेको विशेष अधिवेशनमा अविश्वास प्रस्तावमाथि मतदान नै नभई मुख्यमन्त्रीले राजीनामा दिएपछि अधिवेशन अन्त्य भएको हो ।

यता राष्ट्रिय जनमोर्चाले आइतबार नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दिएको समर्थन फिर्ता लिएको छ । ३ सांसद भएको दलले आइतबार समर्थन फिर्ताको पत्र संसद सचिवालयमा दर्ता गराएको प्रदेश सभा सचिव हरिराज पोखरेलले बताए ।

गण्डकीमा अविश्वास प्रस्तावमाथिको मतदान भोलि, सांसदहरु फेरि रिसोर्टमा

इकागज | बैशाख २६, २०७८

पोखरा : गण्डकी प्रदेशसभामा भोलि सोमबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतद...

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको गाडी एम्बुलेन्स बनाएर सञ्चालन

इकागज | बैशाख २६, २०७८

पर्वत : जलजला गाउँपालिकाले कोभिड सङ्क्रमित बिरामी बोक्नका लागि अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको...