२७ बैशाखमा बोलाइयो गण्डकी प्रदेश सभा बैठक

इकागज | बैशाख २३, २०७८

पोखरा : गण्डकी प्रदेश सभाको बैठक २७ वैशाख बिहान ११ बजे बस्‍ने भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बैठक बस्‍ने निर्णय गरेको हो । 

कार्यव्यवस्था परामर्श समिति सदस्य कुमार खड्काका अनुसार कोभिड-१९ लागेका सांसदहरूलाई प्रदेश सभामा बस्सने छुट्टै स्थानको व्यवस्था गरिनेछ । उनीहरूले बोल्न नपाउने र मत हाल्न पाउने गरी अविश्‍वास प्रस्तावको बाँकी प्रक्रिया अघि बढ्ने उनले बताए । 

प्रदेश सभामा २ वैशाखमा दर्ता भएको अविश्‍वास प्रस्तावमाव १५ वैशाखमा मतदान हुने कार्यसूची थियो । तर मतदान नभइ बैठक अनिश्‍चितकालका लागि स्थगित भएपछि प्रदेश सभा बस्‍न सकेको छैन । 

प्रदेश सभाका ५ सांसद र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोभिड-१९ देखिएको छ । मुख्यमन्त्री गुरुङले सदनमा जवाफ दिने कार्यसूची रहेपनि उनी कोभिड-१९ संक्रमित नै रहेकाले एक मन्त्रीलाई अख्तियारी दिएर बोल्न दिइने कार्यव्यवस्था परामर्श समिति सदस्य खड्काले बताए ।

विपक्षी सांसद भन्छन्ः प्रदेश प्रमुख सरकारको प्रवक्ता बन्‍नुभो

इकागज | बैशाख २२, २०७८

पोखरा : गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार ग्रहण गरेलगत्तै विवादित अभिव्यक्ति दिइन्...

नवनियुक्त प्रदेश प्रमुख भन्छिन्ः अविश्‍वास प्रस्ताव निष्‍क्रिय जस्तै, सभामुखको राजीनामा माग्‍ने घडी आइसक्यो

अनिष भट्टराई | बैशाख २२, २०७८

पोखरा : गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार सम्हालेकी छन् । प्रदेश प्रमुखको का...

स्वास्थ्यकर्मीलाई कोभिड पुष्टिपछि स्वास्थ्यचौकी बन्द

इकागज | बैशाख २२, २०७८

कास्की : कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ को सार्दिखोला स्वास्थ्यचौकीको सेवा मङ्गलबारदेखि बन्द भएको छ । स्...

संसद् विघटनपछि राजीनामा लिएर गएको थिएँ, प्रचण्डले फर्काइदिए: शेरचन

इकागज | बैशाख २१, २०७८

पोखरा : गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले पदबाट अपदस्थ भएपछि जेलमुक्त भएको टिप्पण...