देशलाई निकास दिन चुनावी सरकार बनाऔं : डा.कोइराला

इकागज | चैत २८, २०७७

पोखरा : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई निकास दिन चुनावी सरकार बनाएर निर्वाचनमा जानु पर्ने बताएका छन् । अहिलेको अवस्थामा संसद् चलिरहन नसक्ने र देशलाई अनिर्णयको बन्दी बनाइराख्‍न नमिल्ने भएकाले निर्वाचनको विकल्प नरहेको बताए ।
 
शनिबार पोखरामा गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले आयोजना गरेको विचार गोष्ठीमा नेता डा.कोइरालाले मंसिरभित्र निर्वाचनको विकल्प नरहेको बताए । ‘मंसिर अथवा चैतभित्र निर्वाचनको विकल्प छैन, हामीले संसद् पुनस्थापना भयो भनेर भन्यौं तर अहिले संसदले बिजनेस पाउन सकेन,’उनले भने, ‘सभामुखले पनि राम्रो भुमिका खेल्न सक्नुभएन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश बर्बादीतर्फ अघि बढेको उनले बताए । उनले भने, ‘प्रधानमन्त्री ओलीले आफूलाई केन्द्रमा राखेर देश चलाउँदा लोकतन्त्र नै धरापमा पर्‍यो ।’ अहिले जनताहरू राजनीतिक अन्यायमा परेको उनको टिप्पणी थियो । भने, ‘संस्कार र नैतिकतामा ध्यान दिन नसक्दा आम नागरिकमाथि राजनीतिक अन्याय भएको छ ।’
 
अहिले सबै दल मिलेर चुनावी सरकार बनाउनुपर्ने उनको धारणा थियो । कोइरालाले पार्टी नेतृत्व सरकारविरुद्ध खुलेर नबोल्नु दुःखद भएको टिप्पणी गरे । कांग्रेसलाई राष्ट्रियता र प्रजातन्त्र कमजोर बनाउने छुट नभएको उल्लेख गरे ।
 
पार्टीको महाधिवेशन भदौ ७ मै गराउन कार्यकर्ता जुमुर्राउने समय आएको बताए । पार्टी नेतृत्वप्रति समय खर्चेका कोइरालाले आफू सभापतिको दाबेदार भएको उल्लेख गरे । ‘म कसैमाथि अन्याय हुन दिन्‍नँ । कार्यकर्ताको क्षमता र योगदानको आधारमा पार्टीमा स्थान दिन्छु, अहिले सभापति बाहेक लड्दिनँ,’ कोइरालाले भने । 

लोकतन्त्र रक्षाका लागि सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ : पूर्वराष्ट्रपति डा. यादव

इकागज | चैत २८, २०७७

नवलपुर : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको लोकतन्त्र खतरामा रहेको बताएका छन् । न...

गण्डकी सरकारबाट बाहिरियो माओवादी केन्‍द्र, राजीनामा बुझाएर फर्किए दुई मन्त्री

इकागज | चैत २५, २०७७

पोखरा : गण्डकी सरकारमा सहभागी माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामि...