हावाहुरीले बन्दीपुरमा विद्यालयको छानो उडायो

इकागज | बैशाख ४, २०७८

दमौली : भीषण हावाहुरीसहितको वर्षाले तनहुँको बन्दीपुर गाउँपालिका–५ कल्चोकस्थित जलदेवी प्राथमिक विद्यालयको छानो उडाएको छ । दिउँसो ४ बजेतिर आएको हावाहुरीसहितको वर्षाले विद्यालयको छानो उडाउनुका साथै सोही वडाका एक महिलाको घरमा क्षति पुगेको हो । 

हावाहुरीले विद्यालयको एउटा कक्षाको छानो उडाएको वडा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन पाटाले जानकारी दिए । उनका अनुसार छानो उडाएपछि उक्त कक्षाका विद्यार्थीलाई अर्को कक्षामा राखेर पढाइने र छानो फेर्ने काम गरिनेछ । 

हावाहुरीले रुख भाँच्चिएर स्थानीय पानमाया रानाको घरमा क्षति पुगेको छ । घरमाथिको बरको रुख भाँच्चिदा रानाको घरमा क्षति पुगेको पाटाले बताए । त्यस्तै हावाहुरीले जनप्रिय बाल क्लबको भवन र भुवन रानामगरको टनेलहाउसमा पनि क्षति पुगेको छ ।

“वडाभित्रका अन्य क्षतिको विवरण भने आउन बाँकी छ”, उनले भने । जिल्ला प्रहरी कार्यालय तनहुँले हावाहुरीका कारण जिल्लामा भएको क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ । रासस 

मुख्यमन्त्री गुरुङ भोलि काठमाडौं जाँदै, छलफल गर्न संसद् अधिवेशन अन्त्य गरेको टिप्पणी

इकागज | बैशाख २, २०७८

पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भोलि काठमाडौं जाने भएका छन् । बिहीबार अविश्वासको प्र...

गण्डकी प्रदेश : सभाको विशेष अधिवेशन बोलाउन प्रमुखलाई पत्र दिने तयारी

इकागज | बैशाख २, २०७८

काठमाडौँ : गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा मा‌ओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवा...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

अनिष भट्टराई | बैशाख २, २०७८

पोखरा : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । गण्...

अविश्वास प्रस्ताव रोक्न मध्यरातमा गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

अनिष भट्टराई | बैशाख २, २०७८

पोखरा : अविश्वास प्रस्ताव रोक्न गण्डकी प्रदेश सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको छ । अधिवे...