गण्डकी प्रदशेका सांसदको पीसीआर परीक्षण गरिँदै

इकागज | बैशाख १४, २०७८

पोखरा : गण्डकी प्रदेश सभाका सबै सांसदको कोभिड-१९ परीक्षण गरिने भएको छ । मंगलबार सत्तारुढ नेकपा एमालेका सांसदले परीक्षणविना सदन चल्न नदिने भन्दै अवरोध गरेका थिए । पछि बसेको संसदीय कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा आज नै सांसदहरूको परीक्षण गर्ने निर्णय भएको हो । आज कोरोना परीक्षण गरे भोलिसम्म नतिजा आउने र सदन बस्ने समितिको निर्णय छ । 

एमाले सांसद कृष्णबहादुर थापाले भोलि सदन बस्ने र पोजेटिभ आउने सांसदले बोल्न नपाउने तर मत हाल्न पाउने बताए । ‘अविश्वास प्रस्तावमा मत हाल्न दिने तर बोल्न नदिने भन्ने कुरा छ,’ उनले भने ।

गण्डकी प्रदेश सभा: मनाङेले छोडे मुख्‍मन्‍त्रीको साथ, छुट्टै स्थान माग गर्दै निवेदन

इकागज | बैशाख १३, २०७८

पोखरा : मनाङबाट गण्डकी प्रदेश सभामा स्वतन्त्र उमेद्वार बनेर जितेका दीपक मनाङे (राजीव गुरुङ) ले नेक...

पीसीआर परीक्षण नगरिएको भन्दै गण्डकी प्रदेश सभामा सांसदको आपत्ति

इकागज | बैशाख १३, २०७८

पोखरा : गण्डकी प्रदेश सभामा सत्तारुढ नेकपा एमालेका सांसदले पीसीआर बिनै संसद् चलाइएको भन्दै आपत्ति जनाएक...

गण्डकी प्रदेशका प्रस्तावित मुख्यमन्त्री भन्छन्- 'सरकार असंवैधानिक भएपछि अविश्वास प्रस्ताव ल्यायौँ'

इकागज | बैशाख १३, २०७८

पोखरा : गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पो...