जनमोर्चाका सांसद खिमविक्रमले भने, म कुनै गठबन्धनमा छैन

इकागज | बैशाख २९, २०७८

पोखरा : राष्‍ट्रिय जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले आफू कुनै गठबन्धनमा नलागेको जनाएका छन् । बुधबार दिउँसो एक विज्ञप्‍ति जारी गर्दै नेपाली कांग्रेस नेतृत्‍वको गठबन्‍धनमा आफ्‍नो हस्ताक्षर भएको भनेर आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । उक्‍त गठबन्‍धनमा नरहेको उनले स्‍पष्‍ट पारेका छन् । साथै आफू कुनै गठबन्‍धनमा नरहेकाे बताएका छन् । 

यसअघि जनमोर्चाकै सांसद कृष्‍ण थापाले पनि विपक्षी गठबन्‍धनमा हस्‍ताक्षर गर्न अस्‍वीकार गरेका थिए। यता कांग्रेस नेतृत्वको गठबन्‍धनले आफूहरूको बहुमत रहेको दाबी गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेललाई केही बेरअघि पत्र बुझाएको छ । 

संसदीय दलको नेताबाट हटाइएका थापा भन्छन्- ‘स्पष्टीकरण नै सोधेनन्’

इकागज | बैशाख २९, २०७८

पोखरा : राष्ट्रिय जनमोर्चा पार्टीले कृष्ण थापालाई गण्डकी संसदीय दलको नेताबाट हटाएको छ । कांग्रेसको नेतृत्...

जनमोर्चाले सोध्यो प्रदेशसभा सदस्य थापालाई स्पष्टीकरण

इकागज | बैशाख २९, २०७८

गण्डकी : राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । पार्टीले प्रदेश...

गण्डकीमा दिनभरः मत जुटाउन हिँडेका सांसदको 'हात लाग्‍यो शून्‍य'

अनिष भट्टराई | बैशाख २८, २०७८

पोखरा : गण्डकीमा नयाँ सरकार गठन गर्न निर्णायक मानिएको राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले क...

जनमोर्चाका सांसद थापाद्वारा नयाँ सरकारको पक्षमा हस्ताक्षर गर्न अस्वीकार

इकागज | बैशाख २८, २०७८

पोखरा: राष्‍ट्रिय जनमोर्चा पार्टीका संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकारको पक्षमा हस्ताक्षर गर्न अ...

गण्डकीमा नयाँ मुख्यमन्त्री को ? निर्णायक जनमोर्चा नै विभाजित !

अनिष भट्टराई | बैशाख २८, २०७८

पोखरा : गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकु...