दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इकागज | जेठ ४, २०७८

दैलेख : कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका–३ सियालामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जीप दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार जीप आज बिहान दुर्घटनामा परेको हो । ब्रेक फेल भई जीप कर्णाली राजमार्गबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

दुर्घटना जुम्लाको गुटिचौर गाउँपालिका–४ का जीप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको मृत्यु भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार जीपमा दुईजना मात्र सवार रहेका थिए । निषेधाज्ञाको बेला सो जीप कुन प्रक्रियाका लागि सुर्खेत जाँदै थियो भन्नेबारे जुम्लासँग समन्वय भइरहेको श्रेष्ठले बताए । रासस

कर्णालीमा नियुक्त दुई मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

सुर्खेत : कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । म...

कर्णालीको स्वास्थ्यमाथि अर्को खेलवाड : अक्सिजन प्लान्ट खरिद गर्दा जेनेरेटर ल्याइदिए

कर्णाली, काठमाडौँ : सल्यान जिल्ला अस्पताल र स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचना अनुसार अक्स...