कर्णालीमा थप तीन कोभिड सङ्क्रमितको मृत्यु

इकागज | बैशाख १५, २०७८

सुर्खेत : कर्णालीमा तीन जना कोभिड-१९ को मृत्यु भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्‍थित कालागाउँ प्रदेश अस्पतालमा उपचार गराइरहेका दुई जना संक्रमितको गएराति मृत्यु भएको हो भने एक जनाको दैलेख अस्पतालमा मृत्यू भएको हो । 

प्रदेश अस्पतालका फोकल पर्सन डाक्टर केएन पौडेलकाअनुसार भेरिगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको निधन भएको हो । भेरिगंगाका बिरामी बैशाख ५ र वीरेन्द्रनगरका विरामी बैशाख ११ गतेदेखि सो अस्पतालमा उपचाररत थिए ।

कोरोना संक्रमणपछि उपचाररत दैलेखको नारायण नगरपालिका–१ पुरानो बजार निवासी ७५ वर्षीय एक पुरुषको बुधबार  बिहान निधन भएको छ । उनलाई मंगलबार कोभिड संक्रमण पुष्टि भएको थियो । 

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशमा एक सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।  निर्देशनालयकाअनुसार हालसम्म कर्णालीमा कोरोना संक्रमणको कारण ३७ जनाको मृत्यु भएको छ । 

‘फ्लोर क्रस’ गर्ने सांसदलाई नेता कँडेलले भने, ‘अब चुनाव आएपछि थाहा हुन्छ’

लक्ष्मी भण्डारी | बैशाख १३, २०७८

सुर्खेत : एमाले कर्णाली प्रदेशका संसदीय दलका नेता यामलाल कँडेलले ‘फ्लोर क्रस’ गरेर मतदान ग...

भारतबाट फर्किएका कर्णालीबासी भन्छन् : अब स्वदेशमै दुःख गर्छौँ

लक्ष्मी भण्डारी | बैशाख १३, २०७८

सुर्खेत : वीरेन्द्रनगरकी ४० वर्षीय शशि नेपालीले अबदेखि भारत नजाने निधो गरेकी छन् । गत वर्ष भारत गएका उन...