कर्णाली प्रदेश : ‘फ्लोर क्रस’ गर्ने एमालेका तीन सांसदले लिए मन्त्रीको सपथ

लक्ष्मी भण्डारी | बैशाख ५, २०७८

काठमाडौँ : कर्णालीका नवनियुक्त तीन जना मन्त्रीले सपथ लिएका छन् । विश्वासको मतको पक्षमा फ्लोर क्रस गरेर मतदान गरेका तीन सांसदले आइतबार साँझ मन्त्रीको सपथ लिएका हुन् ।  

नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कुर्मराज शाहीले सपथ  लिएका छन् । 

नवनियुक्त तिनै जना मन्त्रीलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथ खुवाएका हुन् । सपथ ग्रहणसँगै मन्त्रीले मन्त्रालयको कार्यभार सम्हालेका छन् ।अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका एमालेका चार जना सांसद मध्ये तीन जनालाई शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पदमा नियुक्त गरेका थिए ।

यसैबीच नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रमुख प्रतिपक्षी दलको हैसियतमा प्राप्त गरेको सरकारी गाडी कर्णाली सरकारलाई फिर्ता गरेका छन् । शुक्रबार माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि कांग्रे प्रतिपक्षीको भूमिकाबाट हटेको हो । 

यसरी सुरु हुँदैछ कर्णालीका मुख्यमन्त्रीले विश्‍वासको मत लिने प्रक्रिया

लक्ष्मी भण्डारी | बैशाख ३, २०७८

सुर्खेत : कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्र्तगत पहिलो बैठक आज दिउँसो बस्दैछ । सरकार नै फेरबदलको ट...

अज्ञात रोगले जुम्लामा २६ विद्यार्थी एकैदिन बिरामी : वडाध्यक्ष भन्‍छन्- तीव्र रूपमा रोग फैलियो

इकागज | बैशाख ३, २०७८

जुम्ला : अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी परेका छन् । वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा...

कर्णालीमा विश्वासको मत विफल पार्न एमालेको 'प्‍लान' होला त सफल ?

लक्ष्मी भण्डारी | बैशाख ३, २०७८

सुर्खेत : कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज संसद्‌बाट विश्वासको मत लिँदैछन् । उनको...