कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय

इकागज | बैशाख १०, २०७८

काठमाडौँ : कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेर माओवादी केन्द्रको सरकारलाई विश्वासको मत दिने चार जना सांसदलाई एमालेले पदमुक्त गरेको छ ।  

बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समिति बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

एमालेले पार्टीबाट निष्काशन गरेपछि कर्णालीका चार एमाले सांसदको पद गएको छ । अब उनीहरु सांसदविहिन भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीले भने फ्लोर क्रस गर्ने चारमध्ये तीन जनालाई मन्त्रीमा नियुक्त गरिसकेका छन् । 

कर्णालीमा राप्रपाका एक्ली सांसदको चेतावनी : ‘सिट नदिए दर्शक दिर्घामा बस्छु’

लक्ष्मी भण्डारी | बैशाख ७, २०७८

सुर्खेत : बैशाख ३ गतेको कर्णाली प्रदेशसभाको बैठकमा सांसद शोसिला शाहीलाई कुन् सिटमा बस्‍ने टुंगो थि...