विभेदमाथि विभेद

२० घर दलित र गरीबलाई राहत बाड्न प्रवासीसँग चौकुने गाउँपालिकाको गुहार

इकागज | जेठ २२, २०७८

काठमाडौँ : स्थानीय सरकारको काम के हो ? गाउँले सुख, दुःख बुझ्ने । त्यही अनुसार समस्या समाधान गर्ने । घर घरका समस्या बुझेर समाधान खोज्नका लागि स्थानीय तह गठन भएका हुन् । जुन कुरा काठमाडौँको सिंहदरबारले बुझ्दैन । सुन्दैन ।

त्यसैका लागि जनताको घरदैलोमा सिंहदरबार पुर्‍याइएको हो । तर सुर्खेतको चौकुने गाउँपालिकाले २० घर गरीब र दलितलाई राहत बाड्न काठमाडौँको सिंहदरबार होइन, दक्षिण कोरियामा रहेका नेपाली युवासँग गुहार माग गरेको छ ।

जेठ १९ गते चौकुने गाउँपालिकाले दक्षिण कोरियामा रहेका युवाहरुलाई लेखेको पत्रमा भनिएको छ, ‘यस गाउँपालिकाको वडा नं. ७ र ८ का निम्न घरपरिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको र लकडाउनमा उनीहरुले काम गरि खाने समेत वातावरण नबनेकाले राहत उपलब्ध गराईदिन हुन अनुरोध छ ।’

सुर्खेत समाज दक्षिण कोरियालाई लेखिएको पत्रमा गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीको हस्ताक्षर छ । दक्षिण कोरियामा रहेका युवाहरुले सहयोग रकम संकलन गरेर पठाएपछि गाउँपालिका अध्यक्ष शाही आफैले आफ्नो गाडीमा हालेर उनीहरुकै घरमा पुगेर खाद्यान्न राहत वितरण गरेका छन् ।

गाउँपालिकासँग करोडौँ बजेट भएपनि २० घर दलित र गरीबलाई राहत बाड्न गाउँपालिकाले प्रवासीसँग गुहार मागेर वितरण गरेपछि अहिले यसको चर्को आलोचना भइरहेको छ । गरीब र दलितका लागि राहत बाड्न प्रवासमा रहेका युवासँग गुहार माग्नु दुःखद भएको र दलितमाथि झन् विभेद भएको युवाहरुको टिप्पणी छ ।

‘जनताको पैसामा हाली मुहाली गरेर जनताकै नाम बेचेर राहत माग्ने ?’ चौकुनेकै युवा कमलकृष्ण जैसीले फेसबुकमा लेखेका छन् । यस्तै अर्का युवा कमल कठायतले लेखेका छन्, ‘जनतालाई अलिकति पनि राहत आफै दिन नसक्ने नै हो त चौकुने गाउँपालिकाले ? चामल सहयोग माग्ने हाम्रो गाउँपालिका सरकारसँग हामिले के विकास माग्ने ?

यसबारे गाउँपालिकाले औपचारिक धारणा सार्वजनिक गरेको छैन । गाउँपालिका अध्यक्षसँग धारणा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

 

एमाले–माओवादी विवाद : जनप्रतिनिधिको भिडन्तले रन्थन्निएको डोल्पा

लक्ष्मी भण्डारी | जेठ २१, २०७८

सुर्खेत : नेकपाको विघटनपछि डोल्पाको मुड्केचुला गाउँपालिकामा एमाले र माओवादीका जनप्रतिनिधिबीच बढे...

हुम्लामा श्रीमतीको उपचार नगरेको भन्दै शिक्षकले कुटे स्वास्थ्यकर्मी

इकागज | जेठ २१, २०७८

हुम्ला : हुम्लामा आफ्नो श्रीमतीको उपचार गर्न दैनिक नआएको भन्दै स्वास्थ्यकर्मीमाथि शिक्षकले कुटपिट गरेका...

कर्णालीमा पहुँचवाला संक्रमितलाई हेलिकोप्टरबाट उद्धार, गरीबलाई बेवास्ता !

इकागज | जेठ २१, २०७८

हुम्ला : कोभिड-१९ संक्रमणबाट हुम्लामा एक जनाको मृत्यु भएको छ । हुम्लाको सर्केगाड गाउँपालिका २ रिप ...

जुम्लामा भेटिएका हुम्ली बालक रुँदै भन्छन्- 'मलाई डर लागेको छ, बाँच्‍न चाहन्छु'

इकागज | जेठ २०, २०७८

जुम्ला : उपचारका लागि आर्थिक अभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मेडिकल...