सेती अस्पतालमा कोरोना संक्रमितको मृत्यु
धनगढी : सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुष संक्रमितको मृत्यु भएको हो । उनको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।
उनमा हिजो मात्रै कोरोना पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनी कोरोना पुष्टि हुनअघि अस्पतालको जनरल आईसियूमा उपचाररत थिए भने पुष्टि भएपछि भेन्टिलेटरमा सारिएको थियो । उनी रगतमा इन्फेक्सन भएपछि अस्पताल भर्ना भएका थिए ।