प्रहरी हुँ भन्दै ठगी गर्ने पक्राउ

इकागज | मंसिर १३, २०७७

कर्णाली : जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना युवकलाई पक्राउ गरेको छ । जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले शुक्रबार बेलुका सान्नीत्रिवेणी गाउँपालिका-४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका-३ तातोपानी सुर्खेतमा बस्दै आएका २८ वर्षीय बिलबहादुर धामीलाई पक्राउ गरेको हो । धामीलाई रु १२ हजार नगदसहित पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।
    
'समुदायमा म प्रहरी हुँ भन्दै ठगी गरेको विशेष सूचनाको आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ,' उनले भने, 'पक्राउ परेका धामीलाई सोधपुछ गर्दा भने म वनरक्षक हुँ भनी बताएको बयान दिएका छन् ।' उनको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । (रासस)

बेपत्ता पारिएका व्यक्तिको अनुसन्धान गर्न आयोगको टोली कर्णालीमा

लक्ष्मी भण्डारी | मंसिर ९, २०७७

सुर्खेत : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको टोली कर्णाली प्रदेशमा आएको छ । कर्णालीमा बेपत्ता पारिएक...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३९ दिनदेखि तालाबन्दी

इकागज | मंसिर ६, २०७७

कर्णाली  : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रशासन तथा शैक्षिक कार्यक्रम ३९ दिनदेखि सबै ठप्प...

पिसीआर रिपोर्ट माग्दा नदिएपछि दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

इकागज | मंसिर ५, २०७७

सिमकोट : जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा...

मृतक बालकका आफन्तद्वारा कर्णाली राजमार्ग अवरुध्द

लक्ष्मी भण्डारी | मंसिर ३, २०७७

मंसिर : मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि आफन्तहरूले कर्णाली राजमार्ग अवरुध्द गरेका छन् । सुर्खेतक...

प्रदेश अस्पतालमा नयाँ प्रविधिबाट पत्थरी निकालिने

लक्ष्मी भण्डारी | कात्तिक २६, २०७७

सुर्खेत : कर्णाली प्रदेश अस्पतालले पत्थरी भएका बिरामीहरुको उपचारका लागि नयाँ प्रविधि प्रयोगमा ल्याएको छ ।...