कर्णाली

सुर्खेतमा कोभिड-१९ को संक्रमणबाट एकको मृत्यु

लक्ष्मी भण्डारी |
कात्तिक १, २०७७ शनिबार १७:४८ बजे

सुर्खेत : टाइफाइडको उपचार गराइरहेका सुर्खेतका एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरेन्द्रनगर-९ का ४२ वर्षीय पुरुषको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा बिहान साढे ७ बजे मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ ।
 
१० दिनदेखि ज्वरो आएका उनको स्थानीय मेडिकल हलमा टाइफाइडको उपचार गरिएको थियो । त्यहाँ निको नभएपछि थप उपचारका लागि प्रदेश अस्पतालमा उपचारको लागि लगिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
 
कँडेलका अनुसार ती पुरुषमा ज्वरो र खोकीसहितको लक्षण देखिएपछि शुक्रबार विहान बिहान बजे प्रदेश अस्पतालाको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । सास फेर्न गाह्रो भएकाले आकस्मिक कक्षमा राखी अक्सिजन दिइएको अस्पतालले जनाएको छ ।‘उपचारमा रहेका उनको आज बिहान मुटुको चाल हराएपछि छातीमा थिचेर ब्युँताउने प्रयास गरिएपनि स्वास्थ्यमा सुधार आएन’ शिक्षा अधिकृत कँडेलले भने, ‘संक्रमित पुरुषको हिजो नै कोरोना पुष्टि भएको थियो ।’ कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।


 



Author

लक्ष्मी भण्डारी

भण्डारी इकागजका कर्णाली प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x